प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ राजाले गरेको यस्तो फैसलाबारे सबै इस्राएलीले सुने अनि तिनीहरूले राजाको भय मान्‍न थाले।+ आफ्नो प्रजाको न्याय गर्न परमेश्‍वरले राजालाई बुद्धि दिनुभएको छ भनेर तिनीहरूले देखे।+

  • १ राजा ४:२९-३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ परमेश्‍वरले सुलेमानलाई अपार बुद्धि र समझशक्‍ति दिनुभयो। समझले भरिएको तिनको हृदय समुद्र किनारामा फैलिएको बालुवाजत्तिकै विशाल थियो।+ ३० सुलेमान पूर्वका सबै मानिसभन्दा अनि मिश्रका सबै मानिसभन्दा कैयौँ गुणा बुद्धिमान्‌ थिए।+ ३१ सुलेमानजस्तो बुद्धिमान्‌ मानिस अरू कोही थिएन। तिनी एज्रहका सन्तान एतानभन्दा+ अनि महोलका छोराहरू हेमान,+ कलकोल+ र दार्दाभन्दा पनि बुद्धिमान्‌ थिए; वरपरका सबै देशमा तिनको ख्याति फैलिएको थियो।+

  • २ इतिहास १:१०-१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यी मानिसहरूलाई डोऱ्‍याउन मलाई बुद्धि र ज्ञान दिनुहोस्‌।+ किनकि तपाईँको यति ठूलो प्रजाको कसले पो न्याय गर्न सक्छ र?”+

      ११ त्यसपछि परमेश्‍वरले सुलेमानलाई यसो भन्‍नुभयो: “तिमीले न धनसम्पत्ति माग्यौ न मानसम्मान; तिमीले आफूलाई घृणा गर्नेहरूको ज्यान पनि मागेनौ न त दीर्घायु जीवन नै माग्यौ। बरु तिमीले मेरो प्रजाको न्याय गर्न बुद्धि र ज्ञान माग्यौ, जसमाथि शासन गर्न मैले तिमीलाई राजा बनाएको छु। तिम्रो मनैदेखिको चाहना यही भएकोले+ १२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने