६ इस्राएलका राजा यहोवा,+
इस्राएललाई मोल तिरेर छुटाउनुहुने सेनाहरूका यहोवा+ यसो भन्नुहुन्छ:
‘म नै पहिलो र म नै अन्तिम हुँ!+
मबाहेक अरू कुनै ईश्वर छैन।+
७ मजस्तो अरू को छ?+
कोही छ भने बोलोस्, मेरो सामु आएर प्रमाण पेस गरोस्।+
मैले आफ्ना मानिसहरूलाई रोजेको समयदेखि जे गरेँ, तिनीहरूले ती सबै गरेर देखाऊन्।
तिनीहरूले अहिले हुने कुराहरू
अनि पछि हुने कुराहरू बताऊन्।