प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एस्तर ८:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हरेक प्रान्त र हरेक सहर, जहाँ-जहाँ राजाको यो आदेश र कानुन घोषणा गरियो, त्यहाँ-त्यहाँ यहुदीहरू हर्षित भए र खुबै रमाइलो गरे। तिनीहरूले भोज लगाए र खुसीयाली मनाए। अनि अरू जातिका थुप्रै मानिस यहुदी बने+ किनकि तिनीहरूमाझ यहुदीहरूको त्रास फैलिएको थियो।

  • यसैया १४:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ किनकि यहोवाले याकुबलाई कृपा देखाउनुहुनेछ+ र इस्राएललाई फेरि रोज्नुहुनेछ।+ उहाँले तिनीहरूलाई आफ्नै भूमिमा फर्काएर ल्याउनुहुनेछ।+ विदेशीहरू पनि तिनीहरूसितै आउनेछन्‌ र याकुबको घरानासित मिसिनेछन्‌।+ २ जातिजातिका मानिसहरूले तिनीहरूलाई फर्काएर तिनीहरूकै भूमिमा पुऱ्‍याउनेछन्‌ अनि इस्राएलको घरानाले यहोवाको भूमिमा उनीहरूलाई दास-दासी बनाउनेछन्‌।+ आफूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैद गर्नेछन्‌ र आफूलाई काममा दलाउनेहरूलाई* आफ्नो अधीनमा राख्नेछन्‌।

  • यसैया ४९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ राजाहरू तिम्रो सेवक बन्‍नेछन्‌+

      अनि राजकुमारीहरू तिम्रो सुसारे बन्‍नेछन्‌।

      तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्‌,+

      तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्‌नेछन्‌।+

      तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछौ।

      मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्‌।”+

  • यसैया ६०:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिमीलाई सताउनेहरूका छोराहरू तिमीकहाँ आउनेछन्‌ अनि तिमीलाई दण्डवत्‌ गर्नेछन्‌,

      तिम्रो अपमान गर्नेहरू सबैले तिम्रो खुट्टा ढोग्नेछन्‌,

      तिनीहरूले तिमीलाई यहोवाको सहर भन्‍नेछन्‌,

      तिमीलाई इस्राएलका पवित्र परमेश्‍वरको सियोन भन्‍नेछन्‌।+

  • यसैया ६१:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “परदेशीहरू आएर तिमीहरूको बगाल चराउनेछन्‌

      अनि विदेशीहरूले+ तिमीहरूको खेत र अङ्‌गुर बगानमा काम गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने