प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनीहरूका पितापुर्खालाई दिन्छु भनेर शपथ खाएको दूध र मह बग्ने देशमा+ म तिनीहरूलाई पुऱ्‍याउनेछु।+ जब तिनीहरूले त्यहाँ प्रशस्त खान पाउनेछन्‌ र तिनीहरूको फलिफाप हुनेछ,*+ तब तिनीहरू अरू देवताहरूको पछि लाग्नेछन्‌ र तिनीहरूलाई नै पुज्नेछन्‌। तिनीहरूले मेरो अनादर गर्नेछन्‌ र मसँग गरेको करार तोड्‌नेछन्‌।+

  • २ राजा १७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्‍ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्‍ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।” १४ तर तिनीहरूले उहाँको कुरा सुनेनन्‌। आफ्ना परमेश्‍वर यहोवामाथि विश्‍वास नगर्ने तिनीहरूका पितापुर्खाजस्तै तिनीहरू पनि हठी भइरहे।+

  • नहेम्याह ९:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “तर तिनीहरू अनाज्ञाकारी भए र तपाईँको विद्रोह गर्न थाले।+ तिनीहरूले तपाईँको व्यवस्थातर्फ पिठिउँ फर्काए। तिनीहरूलाई तपाईँकहाँ फर्काएर ल्याउन तिनीहरूलाई चेतावनी दिने तपाईँका भविष्यवक्‍ताहरूलाई तिनीहरूले मारे। यसरी तिनीहरूले साह्रै खराब कामहरू गरेर तपाईँको अपमान गरे।+

  • यसैया १:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ धिक्कार छ! ए पापी राष्ट्र!+

      ए कुकर्मले भरिएका मानिसहरू!

      ए दुष्टहरूको समूह! भ्रष्ट केटाकेटी!

      तिमीहरूले यहोवालाई त्यागेका छौ;+

      इस्राएलका पवित्र परमेश्‍वरको अनादर गरेका छौ

      अनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने