प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५६:६, ७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवाको सेवा गर्न उहाँसामु आउने विदेशीहरू,

      यहोवाको नामलाई प्रेम गर्न+

      र उहाँको सेवक बन्‍न आउने विदेशीहरू,

      जसले विश्रामदिन मान्छन्‌ र त्यसलाई बिटुलो पार्दैनन्‌,

      जसले मेरो करार पालन गरिरहन्छन्‌,

       ७ तिनीहरूलाई म आफ्नो पवित्र डाँडामा पनि ल्याउनेछु+

      अनि मेरो प्रार्थनाको घरमा तिनीहरू रमाउनेछन्‌।

      तिनीहरूले मेरो वेदीमा अग्निभेटी र बलिदानहरू चढाउँदा म त्यो ग्रहण गर्नेछु।

      अनि मेरो घर जातिजातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ।”+

  • यसैया ६६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० इस्राएलका मानिसहरूले यहोवाको भवनमा चोखो भाँडामा आफ्नो भेटी ल्याएझैँ तिनीहरूले सबै देशबाट तिम्रा दाजुभाइलाई ल्याउनेछन्‌+ र यहोवालाई उपहारस्वरूप दिनेछन्‌। तिनीहरूले तिम्रा दाजुभाइलाई घोडामा, रथमा, छत भएको गाडामा, खच्चरमा र वेगसित दौडने उँटमा चढाएर यरुसलेममा, मेरो पवित्र डाँडामा ल्याउनेछन्‌,” यहोवा भन्‍नुहुन्छ।

  • इजकिएल २०:४०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘मेरो पवित्र डाँडामा, इस्राएलको डाँडामा+ इस्राएलको सम्पूर्ण घरानाले मेरो सेवा गर्नेछ।+ म तिमीहरूलाई ग्रहण गर्नेछु र तिमीहरूले चढाएका सबै पवित्र कुरा—भेटीहरू र उब्जनीको पहिलो फल स्विकार्नेछु।+

  • योएल ३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि म यहोवा नै तिमीहरूका परमेश्‍वर हुँ र म आफ्नो पवित्र डाँडा सियोनमा बास गर्छु भनेर तिमीहरूले जान्‍नेछौ+

      यरुसलेम पवित्र ठाउँ हुनेछ+

      अनि अपरिचित मानिसहरू* कहिल्यै त्यहाँबाट भएर जानेछैनन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने