प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३१:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! तिम्रो मर्ने बेला आइसक्यो। यी मानिसहरू जुन देशमा जाँदै छन्‌, त्यहाँ तिनीहरूले आफू वरपर भएका विदेशी देवताहरूसित वेश्‍यावृत्ति* गर्न थाल्नेछन्‌।+ तिनीहरूले मलाई त्याग्नेछन्‌+ र मैले तिनीहरूसँग गरेको करार तोड्‌नेछन्‌।+ १७ त्यसबेला मेरो क्रोध तिनीहरूमाथि दन्कनेछ।+ म तिनीहरूलाई त्याग्नेछु+ र तिनीहरू सबै नाश नभएसम्म म आफ्नो अनुहार अन्तै फर्काउनेछु।+ अनि धेरै विपत्ति र दुःखकष्ट भोगिसकेपछि+ तिनीहरूले यसो भन्‍नेछन्‌, ‘हाम्रा परमेश्‍वर हामीमाझ नहुनुभएकोले नै हामीले यस्ता विपत्तिहरू भोग्नुपरेको होइन र?’+

  • व्यवस्था ३२:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यसैले उहाँले भन्‍नुभयो, ‘म तिनीहरूबाट आफ्नो अनुहार अन्तै फर्काउनेछु+

      अनि तिनीहरूको हालत कस्तो हुनेछ, म हेर्नेछु।

      किनभने तिनीहरूको पुस्ता पतित छ+

      र तिनीहरू विश्‍वासघाती सन्तान हुन्‌।+

  • यसैया ५७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ इस्राएलले गरेको पाप देखेर,

      उसले बेइमानी गरेर धन कमाएको देखेर म रिसाएँ।+

      अनि मैले उसलाई हिर्काएँ; रिसले चूर भएर मैले आफ्नो अनुहार ऊदेखि फर्काएँ।

      तैपनि उसले धोका दिइरह्‍यो+ र मनपरी गर्न छोडेन।

  • इजकिएल ३९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ इस्राएलको घराना आफ्नै गल्तीले गर्दा र मलाई धोका दिएकोले गर्दा निर्वासित हुनुपरेको थियो भनेर जातिजातिले जान्‍नेछन्‌।+ तिनीहरू वफादार नभएकोले मैले तिनीहरूलाई तिरस्कार गरेँ र आफ्नो अनुहार अन्तै फर्काएँ+ र तिनीहरूलाई शत्रुहरूको हातमा पर्न दिएँ+ अनि तिनीहरू तरबारले काटिए।

  • मिका ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ त्यसबेला तिनीहरूले यहोवालाई गुहार्नेछन्‌

      तर उहाँले जवाफ दिनुहुनेछैन।

      तिनीहरूको दुष्टताले गर्दा+

      त्यसबेला उहाँले तिनीहरूबाट आफ्नो अनुहार फर्काउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने