१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।
किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछ
अनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+
१९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+
त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+