-
यसैया ६५:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:
“हेर! मेरा सेवकहरूले खानेछन् तर तिमीहरू भने भोकै रहनेछौ।+
हेर! मेरा सेवकहरूले पिउनेछन्+ तर तिमीहरू भने तिर्खाउनेछौ।
हेर! मेरा सेवकहरू रमाउनेछन्+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+
१४ हेर! मेरा सेवकहरूको मन खुसी हुनेछ र तिनीहरूले जयजयकार गर्नेछन्।
तर तिमीहरूको मन भने दुःखले भरिनेछ र तिमीहरू रुनेछौ
अनि साह्रै निराश भएर तिमीहरू डाँको छोडी-छोडी रुनेछौ।
-