प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २८:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ इस्राएलका राजा आहाजले गर्दा यहोवा परमेश्‍वरले यहुदालाई अपमानित तुल्याउनुभएको थियो किनभने आहाजले यहुदाका मानिसहरूलाई खराब काम गर्न छुट दिएका थिए, जसले गर्दा मानिसहरू यहोवा परमेश्‍वरप्रति साह्रै विश्‍वासघाती भएका थिए।

      २० आखिरमा अस्सेरियाका राजा तिल्गाथ-पिल्नेसरले+ पनि आहाजलाई आक्रमण गरे र तिनलाई मदत गर्नुको साटो कष्ट दिए।+

  • यसैया ७:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हे आहाज, यहोवाले तिमी, तिम्रा मानिसहरू र तिम्रो बुबाको घरानामाथि असाध्यै कठिन परिस्थिति ल्याउनुहुनेछ। एप्रैम यहुदाबाट अलग भएको दिनदेखि+ आजसम्म त्यस्तो सङ्‌कट आइपरेको छैन। किनकि उहाँले अस्सेरियाका राजालाई तिमीमाथि जाइलाग्न पठाउनुहुनेछ।+

  • यसैया ७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० “त्यस दिन यहोवाले युफ्रेटिस नदी बग्ने इलाकाबाट भाडामा लिइएको छुरामार्फत अर्थात्‌ अस्सेरियाका राजामार्फत+ यहुदाको कपाल र खुट्टाका रौँ अनि दाह्री पनि खौरिदिनुहुनेछ।

  • यसैया १०:२८-३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ अस्सेरियालीहरू ऐयाथमा+ आएका छन्‌।

      तिनीहरू मिग्रोन भएर आएका छन्‌।

      मिक्मासमा+ तिनीहरूले आफ्नो सरसामान छोडेका छन्‌।

      २९ तिनीहरूले जँघार* तरेका छन्‌

      र गेबामा+ रात काटेका छन्‌।

      रामा थरथर काँपिरहेको छ, साउलको सहर गिबाह+ भागेर गएको छ।+

      ३० ए गाल्लिमकी छोरी, चिच्याऊ! डाँको छोडेर रोऊ!

      ए लाइसाह, ध्यान देऊ!

      ए अनातोत,+ धुरुधुरु रोऊ!

      ३१ मदमेनाह भागेको छ।

      गेबिमका बासिन्दाहरूले लुक्ने ठाउँ खोजेका छन्‌।

      ३२ आजकै दिन त्यो नोबमा+ रोकिनेछ।

      त्यसले सियोनकी छोरीको* डाँडालाई,

      यरुसलेमको डाँडालाई मुड्‌की ताकेर धम्काउनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने