१२ त्यही रात म मिश्र भएर जानेछु अनि त्यहाँका सबै पहिलो सन्तानलाई मार्नेछु। मानिस अथवा पशु कसैको पहिलो सन्तान म बाँकी राख्नेछैनँ;+ मिश्रका सबै देवतालाई म दण्ड दिनेछु।+ म यहोवा हुँ।
१२ म मिश्रका देवीदेवताका मन्दिरहरूमा आगो लगाइदिनेछु।+ तिनले ती देवीदेवतालाई जलाउनेछन् र कैद गरेर लैजानेछन्। गोठालोले सजिलै खास्टो ओढेझैँ तिनले पनि मिश्रलाई सजिलै जित्नेछन्। अनि तिनी त्यहाँबाट सकुशल* फर्कनेछन्।
२५ “सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘अब म नोको*+ अमोनलाई+ अनि मिश्रका फारोलाई, मिश्रलाई, त्यहाँका देवताहरूलाई+ र राजाहरूलाई सजाय दिनेछु। हो, म फारो र तिनमा भरोसा गर्ने सबैलाई सजाय दिनेछु।’+
१३ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म घिनलाग्दा मूर्तिहरू* पनि नष्ट गर्नेछु र नोफका* निकम्मा देवताहरूलाई हटाइदिनेछु।+ त्यसपछि मिश्रबाट फेरि कहिल्यै कुनै शासक खडा हुनेछैन र म त्यहाँ आतङ्क फैलाइदिनेछु।+