प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया १३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अनि सबैभन्दा महिमित राज्य बेबिलोन,+

      जुन कल्दियालीहरूको शान हो र जसमा तिनीहरू गर्व गर्छन्‌,+

      त्यसलाई परमेश्‍वरले नाश गर्नुहुनेछ र त्यसको हालत सदोम र गमोराको जस्तै हुनेछ।+

  • यसैया १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्‌ग्य गर्दै* यसो भन्‍नेछौ:

      “हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ!

      दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+

  • यसैया ४५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ जातिजातिमाथि अधिकार गर्न,+

      राजाहरूलाई दुर्बल पार्न*

      अनि ढोकाहरू खुल्लै रहून्‌ भनेर

      त्यसका दुवै खापा खोल्न

      आफूले अभिषेक गर्नुभएको जन कोरेसको+ दाहिने हात यहोवाले समात्नुभएको छ।+

      उहाँ तिनलाई यसो भन्‍नुहुन्छ:

  • यर्मिया ५१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ बेबिलोनको अचानक पतन भएको छ र त्यो टुक्राटुक्रा भएको छ।+

      त्यसको निम्ति विलाप गर!+

      त्यसको पीडा कम गर्न सुगन्धित लेप* ल्याओ; कतै त्यो निको हुन्छ कि?”

  • दानिएल ५:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “पेरेस अर्थात्‌ हजुरको राज्यलाई विभाजन गरियो अनि मादी र फारसीलाई दिइयो।”+

  • दानिएल ५:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+

  • प्रकाश १४:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ अनि दोस्रो स्वर्गदूत यसो भन्दै पछिपछि आए: “पतन भएको छ! महान्‌ बेबिलोनको+ पतन भएको छ,+ जसले सबै राष्ट्रलाई आफ्नो अवैध यौनसम्बन्धको* कामवासनाको* मद्य पिउन लगाएकी थिई!”+

  • प्रकाश १८:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि तिनले जोडदार आवाजमा यसो भने: “त्यसको पतन भएको छ! महान्‌ बेबिलोनको पतन भएको छ;+ त्यो प्रेतहरू* बास गर्ने ठाउँ भएकी छे र यस्तो ठाउँ भएकी छे, जहाँ सबै प्रेत* अनि हरप्रकारका अशुद्ध र घृणित चराहरू लुकेर बस्छन्‌!+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने