-
यसैया ६:११, १२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्नुभयो:
-
-
विलाप २:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यहोवा हाम्रो शत्रुजस्तै हुनुभएको छ;+
उहाँले इस्राएललाई नाश गर्नुभएको छ।
उहाँले त्यसका सबै किल्ला भत्काइदिनुभएको छ;
त्यसका सबै पर्खाल ढालिदिनुभएको छ।
उहाँकै कारण यहुदामा जताततै शोक र रुवाबासी मच्चिएको छ।
-
-
इजकिएल ३६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसैले हे इस्राएलका पहाडहरू हो, ब्रह्माण्डका मालिक यहोवा के भन्नुहुन्छ, सुन! पहाडहरू र डाँडाहरूलाई, खोलाहरूलाई, बेँसीहरूलाई, उजाड पारिएका ठाउँहरूलाई+ अनि वरपरका सहरहरूलाई, जसलाई जातिहरूको विनाश हुँदा त्यसबाट बचेका मानिसहरूले लुटेका थिए र घृणा गरेका थिए,+ तिनीहरूलाई ब्रह्माण्डका मालिक यहोवा के भन्नुहुन्छ, सुन।
-