प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ११:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ मानिसहरूका मुखियाहरू यरुसलेममा बस्थे+ तर बाँकी मानिसहरूचाहिँ अरू सहरहरूमा बसोबास गर्थे। त्यसैले ती मानिसहरूले गोला हाल्ने+ अनि हरेक दस घरानामध्ये जुन घरानाको नाममा गोला पर्छ, त्यस घरानालाई यरुसलेममा बस्न लगाउने निर्णय गरे। बाँकी नौ वटा घरानाचाहिँ अरू सहरहरूमा बस्ने थिए।

  • यसैया ४४:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ कोरेसबारे म भन्छु,+ ‘ऊ मेरो गोठालो हो,

      उसले मेरा इच्छा एक-एक गरी पूरा गर्नेछ।’+

      यरुसलेमबारे म भन्छु, ‘त्यसलाई फेरि बनाइनेछ।’

      मन्दिरबारे म भन्छु, ‘त्यसको जग फेरि बसालिनेछ।’”+

  • यसैया ६२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६२ सियोनको खातिर म चुप लागेर बस्नेछैनँ,+

      यरुसलेमको खातिर म चुपचाप बस्नेछैनँ;

      जबसम्म उसको धार्मिकता ज्योतिजस्तै चम्किदैन,+

      जबसम्म उसको उद्धार राँकोजस्तै बल्दैन।+

  • यर्मिया ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि यस्तो दिन आउँदै छ, जब एप्रैमका पहाडहरूमा बस्ने पहरेदारहरू यसो भन्दै कराउनेछन्‌:

      ‘उठ! सियोनमा उक्लौँ र हाम्रा परमेश्‍वर यहोवाकहाँ जाऔँ!’”+

  • जकरिया १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “फेरि एक पटक यसो भन्दै कराऊ, ‘सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: “मेरा सहरहरू फेरि असल कुराहरूले भरिनेछन्‌ अनि यहोवाले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ+ र यरुसलेमलाई फेरि रोज्नुहुनेछ।”’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने