प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १९:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि तिनी त्यही झाडीमुनि ढल्किए र निदाए। अचानक एक जना स्वर्गदूत आए+ र तिनलाई छोएर भने: “उठ र केही खाऊ।”+ ६ तिनले यताउता हेरे र आफ्नो टाउकोनेर तातो ढुङ्‌गामा एउटा गोलो रोटी र एक सुराही पानी देखे। तिनले रोटी खाए, पानी पिए अनि फेरि सुते।

  • भजन ३४:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ हे यहोवाका सबै पवित्र जन हो, उहाँको भय मान

      किनकि उहाँको भय मान्‍नेहरूलाई केही कुराको अभाव हुँदैन।+

      כ [काफ]

      १० बलिया जवान सिंहहरूसमेत खान नपाएर दुब्लाएका छन्‌

      तर यहोवाको खोजी गर्नेहरूलाई असल कुराको अभाव हुँदैन।+

  • यसैया ६५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

      “हेर! मेरा सेवकहरूले खानेछन्‌ तर तिमीहरू भने भोकै रहनेछौ।+

      हेर! मेरा सेवकहरूले पिउनेछन्‌+ तर तिमीहरू भने तिर्खाउनेछौ।

      हेर! मेरा सेवकहरू रमाउनेछन्‌+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने