प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ७:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन्‌ धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+

  • प्रस्थान ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मिश्रविरुद्ध कदम चालेर इस्राएलीहरूलाई त्यहाँबाट निकालेर ल्याउँदा मिश्रीहरूले म नै यहोवा हुँ भनी थाह पाउनेछन्‌।”+

  • प्रस्थान ९:१५, १६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+

  • व्यवस्था ४:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिमीहरूलाई मिश्रबाट छुटाएर आफ्नो प्रजा बनाउन यहोवा परमेश्‍वरले चिन्हहरू देखाउनुभयो, विपत्तिहरू* ल्याउनुभयो, चमत्कारहरू गर्नुभयो,+ युद्धहरू लड्‌नुभयो,+ आफ्नो शक्‍तिशाली र पराक्रमी हात प्रयोग गर्नुभयो+ अनि भयानक कामहरू गर्नुभयो।+ त्यो तिमीहरूले आफ्नै आँखाले देख्यौ। एउटा जातिलाई अर्को जातिबाट छुटाउन के परमेश्‍वरले पहिला कहिल्यै यस्तो गर्नुभएको थियो?

  • २ समुएल ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे परमेश्‍वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तिनीहरूको खातिर महान्‌ र आश्‍चर्यजनक कामहरू गरेर+ तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको खातिर अरू जाति र तिनीहरूका देवताहरूलाई धपाउनुभयो।

  • यसैया ६३:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ आफ्नो बलियो पाखुराले मोसाको दायाँ हात समात्ने परमेश्‍वर,+

      जसले तिनीहरूकै अगाडि समुद्रलाई दुई भाग पार्नुभयो+

      र सदालाई आफ्नो नाम कायम राख्नुभयो, उहाँ कहाँ हुनुहुन्छ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने