-
लेवी २५:३९-४२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ “‘तिमीहरूको नजिकै बस्ने कोही इस्राएली गरिब भयो र उसले आफूलाई तिम्रो हातमा बेच्यो भने+ दासलाई जसरी उसलाई नजोताउनू।+ ४० ज्यालादारी मजदुर वा प्रवासीलाई जस्तो व्यवहार गर्छौ, ऊसित पनि त्यस्तै व्यवहार गर्नू।+ उसले तिमीकहाँ स्वर्ण वर्षसम्म काम गरोस्। ४१ त्यसपछि ऊ र उसको बालबच्चा तिमीलाई छोडेर आफ्नो आफन्तकहाँ जानेछ। ऊ आफ्ना पुर्खाहरूको सम्पत्ति अधिकार गर्न फर्कोस्।+ ४२ तिनीहरू मैले मिश्र देशबाट छुटाएर ल्याएका मेरा दासहरू हुन्।+ तिनीहरूले आफूलाई दासको रूपमा अरूको हातमा नबेचून्।
-
-
व्यवस्था १५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “कोही हिब्रू, चाहे ऊ पुरुष होस् या स्त्री, यदि ऊ दासको रूपमा तिमीकहाँ बेचियो र उसले छ वर्षसम्म तिम्रो सेवा गरिसकेको छ भने सातौँ वर्षमा उसलाई स्वतन्त्र छोडिदिनू।+
-