-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-
-
यहोसु २३:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ जसरी यहोवा परमेश्वरले तिमीहरूलाई जे-जति असल थोक दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो र त्यो पूरा गर्नुभयो,+ त्यसरी नै यहोवा परमेश्वरले तिमीहरूमाथि जे-जस्ता विपत्ति आउनेछन् भनेर बताउनुभएको थियो, ती पनि पूरा हुनेछन्। अनि यहोवा तिमीहरूका परमेश्वरले दिनुभएको यस असल देशबाट उहाँले तिमीहरूको नामोनिसान मेटाउनुहुनेछ।+ १६ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई जुन करार नतोड भन्नुभएको थियो, त्यो तिमीहरूले तोड्यौ र अरू देवताहरूलाई पुज्यौ अनि तिनीहरूलाई ढोग्यौ भने यहोवा परमेश्वरको क्रोध तिमीहरूमाथि दन्कनेछ+ र उहाँले दिनुभएको यस असल देशबाट तुरुन्तै तिमीहरूको नामोनिसान मेटिनेछ।”+
-