-
यर्मिया २१:८-१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ “यी मानिसहरूलाई तिमीले यसो भन्नू, ‘यहोवा यसो भन्नुहुन्छ: “हेर, मैले तिमीहरूसामु दुई वटा बाटो राखिदिएको छु; एउटा जीवनको र अर्को मृत्युको। ९ तिमीहरूमध्ये जो यस सहरमा बसिरहन्छ, ऊ तरबार, अनिकाल र महामारीले मर्नेछ। तर जसले सहरबाहिर गएर तिमीहरूलाई घेरा हालेर बसिरहेका कल्दियालीहरूसामु आत्मसमर्पण गर्छ, ऊचाहिँ बाँच्नेछ र उसको ज्यान उसको निम्ति लुटको मालसरह हुनेछ।”’*+
१० “‘यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “यस सहरको भलाइ गर्न होइन बरु यसमाथि विपत्ति ल्याउन म यसतिर फर्केको छु।+ यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ+ र तिनले यसलाई आगोले भस्म पार्नेछन्।”+
-