प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:८-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ पाँचौँ महिनाको सातौँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा तिनका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान+ यरुसलेम आए।+ ९ तिनले यहोवा परमेश्‍वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ १० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+

  • २ इतिहास ३४:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु;+ यहुदाको राजासामु पढिएको त्यस पुस्तकमा लेखिएका सबै सराप तिनीहरूलाई लाग्नेछ।+ २५ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌+ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि* चढाएका छन्‌। तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले म यस ठाउँमाथि आफ्नो क्रोध पोखाउनेछु र त्यो शान्त हुनेछैन।’”+

  • २ इतिहास ३६:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+

      १७ त्यसैले परमेश्‍वरले कल्दियालीहरूका राजालाई तिनीहरूमाथि आक्रमण गर्न लगाउनुभयो।+ उनले तिनीहरूको पवित्र स्थानमा*+ तिनीहरूका जवान मानिसहरूलाई तरबारले मारे।+ उनले ठिटा, ठिटी, वृद्ध, अशक्‍त कसैमाथि पनि दया देखाएनन्‌।+ परमेश्‍वरले सबथोक उनको हातमा दिनुभयो।+

  • विलाप २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ शत्रुले जस्तै उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभएको छ; दुस्मनले जस्तै निसाना लगाउन उहाँको दाहिने हात तयार छ;+

      हाम्रो नजरमा प्रिय ठानिएका सबैलाई उहाँले मार्नुभएको छ।+

      आगोसरि उहाँको रिस सियोनकी छोरीको पालमा खनिएको छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने