४ त्यस दिन तिमीहरूले बेबिलोनका राजाको व्यङ्ग्य गर्दै यसो भन्नेछौ:
“हेर! जसले अरूलाई काममा दलाउँथ्यो, आज उसैको पतन भएको छ!
दमनकारीसँगसँगै दमनको पनि अन्त भएको छ!+
५ दुष्टको लौरो अनि शासकहरूको डन्डा
यहोवाले भाँचिदिनुभएको छ,+
६ जसले क्रोधित हुँदै जातिजातिलाई अन्धाधुन्ध हिर्काउँथ्यो+
अनि रिसाएर राष्ट्रहरूलाई सताउँथ्यो।+