-
यर्मिया ४९:१९-२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “हेर! जसरी यर्दनको बाक्लो झाडीबाट सिंह निस्कन्छ, त्यसरी नै कोही आउनेछ र एदोमका सुरक्षित चरनहरूलाई आक्रमण गर्नेछ।+ एक पलमै म त्यसलाई* त्यहाँबाट खेद्नेछु। अनि म त्यसमाथि आफूले चुनेको जनलाई खटाउनेछु। किनकि मजस्तो को छ र? मलाई कसले हाँक दिन सक्छ? कुनचाहिँ गोठालो मसामु खडा हुन सक्छ?+ २० त्यसैले ए मानिसहरू हो! यहोवाले एदोमलाई र तेमानका बासिन्दाहरूलाई के गर्ने निर्णय गर्नुभएको छ,+ सुन:
बगालका साना पाठाहरूलाई घिसारेर लगिनेछ।
यिनीहरूको वासस्थानलाई उहाँले तिनीहरूको कारण उजाड पारिदिनुहुनेछ।+
२१ तिनीहरू लडेको आवाजले पृथ्वी काँपेको छ।
तिनीहरूको रोदन सुनिएको छ।
त्यो लाल समुद्रसम्मै गुञ्जिएको छ।+
-