प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:५३-५७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५३ सहरभित्रै थुनिनुपर्दा तिमीहरूले धेरै कष्ट भोग्नेछौ र शत्रुहरूको कारण असाध्यै दुःख पाउनेछौ। त्यसबेला तिमीहरू आफ्नै छोराछोरीको मासु खान बाध्य हुनेछौ;+ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएका सन्तानलाई नै तिमीहरूले खानेछौ।

      ५४ “तिमीहरूबीच सबैभन्दा दयालु र कमलो मन भएको पुरुषले समेत आफ्नै दाजुभाइ, आफूले असाध्यै माया गर्ने पत्नी र बाँकी रहेका आफ्ना छोराछोरी कसैलाई दया देखाउनेछैन। ५५ आफूले खाइरहेको आफ्नै छोराछोरीको मासुसमेत उसले तिनीहरूसँग बाँडचुँड गर्नेछैन किनभने घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्‌कट ल्याउने भएकोले ऊसँग खानको लागि केही बाँकी हुनेछैन।+ ५६ त्यसैगरि आफ्नो पैतालाले भुईँमा टेक्ने समेत आँट नगर्ने तिमीहरूका सुकुमारी र कमलो मनकी स्त्रीले पनि+ आफ्नो प्यारो पति अनि छोराछोरीलाई समेत दया देखाउनेछैन। ५७ घेराबन्दी निकै कडा हुने भएकोले र शत्रुहरूले तिमीहरूका सहरहरूमा घोर सङ्‌कट ल्याउने भएकोले उसले आफूले भर्खर जन्माएको बच्चा र सालनालसमेत लुकेर खान्छे।

  • २ राजा २५:३-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ चौथो महिनाको नवौँ दिनमा अनिकालले भयङ्‌कर रूप लियो।+ सहरमा एक गेडो अन्‍न बाँकी थिएन।+ ४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+ ५ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्‌यो र उनलाई यरिहोको मरुभूमिमा भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

  • यसैया ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ हेर! साँचो परमेश्‍वर, सेनाहरूका यहोवाले

      यरुसलेम र यहुदालाई न कुनै किसिमको सहारा दिनुहुनेछ न कुनै कुराको आपूर्ति नै गरिदिनुहुनेछ।

      उहाँले तिनीहरूको अन्‍न-पानी खोस्नुहुनेछ।+

  • इजकिएल ४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्‌+ र नापी-नापीकन पिउनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने