प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ मैले तिमीहरूको अन्‍नको भण्डार* नष्ट गरेपछि+ दस जना स्त्रीको लागि एउटै चुलो पर्याप्त हुनेछ र तिनीहरूले जोखी-जोखीकन खाना बाँड्‌नेछन्‌।+ तिमीहरूले खान त खानेछौ तर अघाउनेगरि होइन।+

  • व्यवस्था २८:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ “यहोवा परमेश्‍वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+

  • व्यवस्था २८:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ तिमीहरूको नामोनिसान नमेटिएसम्म तिनीहरूले सबै बाछाबाछी र पाठापाठी खाइदिनेछन्‌ अनि तिमीहरूको उब्जनी सखाप पारिदिनेछन्‌। तिमीहरू सबै नाश नभएसम्म तिनीहरूले एक गेडो अन्‍न पनि छोड्‌नेछैनन्‌, नयाँ रक्सी र तेलको एक थोपो पनि बाँकी राख्नेछैनन्‌, एउटा पनि बाछाबाछी वा पाठापाठी छोड्‌नेछैनन्‌।+

  • यर्मिया ३७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तब राजा सिदकियाहले यर्मियालाई पहरेदार-चोकमा थुन्‍ने आदेश दिए।+ अनि सहरभरिको रोटी नसिद्धिऊन्जेल+ रोटी-बजारबाट तिनको लागि हरेक दिन एउटा रोटी ल्याइन्थ्यो।+ यसरी यर्मिया पहरेदार-चोकमा रहे।

  • इजकिएल ४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ त्यसपछि उहाँले मलाई भन्‍नुभयो: “हे मानिसको छोरा, म यरुसलेमको खानेकुराको भण्डार नष्ट गरिदिनेछु।*+ त्यसैले खानेकुरा र पानीको हाहाकार मच्चिनेछ। तिनीहरूले जोखी-जोखीकन खानेछन्‌+ र नापी-नापीकन पिउनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने