-
२ इतिहास ३६:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तिनीहरूका पितापुर्खाका परमेश्वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो। १६ तर तिनीहरूले साँचो परमेश्वरका सन्देशवाहकहरूको खिसी गरिरहे,+ उहाँको वचनलाई तुच्छ सम्झे+ र उहाँका भविष्यवक्ताहरूलाई हाँसोमा उडाए।+ तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने* हदसम्मै पुगे। अनि यहोवा परमेश्वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।+
-
-
यर्मिया २५:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “आमोनका छोरा, यहुदाका राजा योसियाहले शासन गरेको १३ औँ वर्षदेखि+ आजसम्म अर्थात् बितेको २३ वर्षदेखि यहोवाको वचन मकहाँ आएको छ। मैले बारम्बार तपाईँहरूलाई उहाँको वचन सुनाउँदै आएको छु तर तपाईँहरूले पटक्कै सुन्नुभएन।+ ४ अनि यहोवा परमेश्वरले आफ्ना सबै दास, हो, आफ्ना भविष्यवक्ताहरूलाई बारम्बार तपाईँहरूकहाँ पठाउनुभयो तर तपाईँहरूले नसुनेझैँ गर्नुभयो। उहाँको वचन सुन्नलाई तपाईँहरूले कान थाप्नुभएन।+
-