प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्‍ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्‍ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।”

  • २ इतिहास ३६:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ तिनीहरूका पितापुर्खाका परमेश्‍वर यहोवाले आफ्ना सन्देशवाहकहरू पठाएर तिनीहरूलाई चेतावनी दिइरहनुभयो। उहाँले तिनीहरूलाई बारम्बार चेतावनी दिनुभयो किनकि आफ्नो निवासस्थान र आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्यो।

  • नहेम्याह ९:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हो, तिनीहरूले तपाईँका आज्ञाहरू सुन्‍न इन्कार गरे।+ तपाईँले तिनीहरूमाझ गर्नुभएका अचम्मलाग्दा कामहरू तिनीहरूले भुसुक्कै बिर्से। तिनीहरू हठी भए र मिश्रको दासत्वमै फर्केर जान आफ्नो निम्ति अगुवा नियुक्‍त गरे।+ तर तपाईँ क्षमा दिन सधैँ तयार हुनुहुन्छ; तपाईँ दयालु र कृपालु परमेश्‍वर हुनुहुन्छ। तपाईँ हतपती रिसाउनुहुन्‍न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+ त्यसैले तपाईँले तिनीहरूलाई त्याग्नुभएन।+

  • नहेम्याह ९:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तर तपाईँले वर्षौँसम्म धैर्य गर्नुभयो।+ अनि आफ्ना भविष्यवक्‍ताहरूलाई आफ्नो शक्‍ति दिएर ती मानिसहरूकहाँ बारम्बार चेतावनी दिन पठाउनुभयो। तर तिनीहरूले ती भविष्यवक्‍ताहरूको कुरा सुन्दै सुनेनन्‌। अन्तमा तपाईँले तिनीहरूलाई वरपरका जातिहरूको हातमा सुम्पिदिनुभयो।+

  • यर्मिया २५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ अनि यहोवा परमेश्‍वरले आफ्ना सबै दास, हो, आफ्ना भविष्यवक्‍ताहरूलाई बारम्बार तपाईँहरूकहाँ पठाउनुभयो तर तपाईँहरूले नसुनेझैँ गर्नुभयो। उहाँको वचन सुन्‍नलाई तपाईँहरूले कान थाप्नुभएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने