-
यर्मिया २३:१६, १७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ सेनाहरूका यहोवा यसो भन्नुहुन्छ:
“तिमीहरूलाई भविष्यवाणी सुनाउने भविष्यवक्ताहरूको कुरा नसुन।+
तिनीहरूले तिमीहरूलाई छक्याइरहेका छन्।*
तिनीहरूले सुनाउने दर्शन* यहोवाको तर्फबाट आएको होइन;+
त्यो त तिनीहरूको आफ्नै मनगढन्ते कुरा हो।+
१७ मेरो अनादर गर्नेहरूलाई तिनीहरू बारम्बार यसो भन्छन्,
‘यहोवा यसो भन्नुहुन्छ: “तिमीहरू सधैँ शान्तिमा रहनेछौ।”’+
अनि आफ्नै हठी हृदयको कुरा सुन्ने सबैलाई तिनीहरू यसो भन्छन्,
‘तिमीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन।’+
-