प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३०:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० “मैले तिमीहरूको अगाडि राखिदिएको आशिष्‌ र सरापबारे जे-जे भनेँ, ती सबै तिमीहरूमाथि पूरा हुनेछन्‌।+ अनि यहोवा परमेश्‍वरले तिमीहरूलाई जातिजातिमाझ तितरबितर पार्नुभएपछि+ तिमीहरूले ती सबै कुरा सम्झनेछौ।+ २ अनि तिमीहरू यहोवा आफ्ना परमेश्‍वरकहाँ फर्कनेछौ+ र मैले आज बताएका उहाँका सबै आज्ञा तिमीहरू र तिमीहरूका छोराहरूले आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले पालन गर्नेछौ।+ ३ तब यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई कैदबाट छुटाएर ल्याउनुहुनेछ,+ तिमीहरूलाई कृपा देखाउनुहुनेछ+ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई जहाँ-जहाँ तितरबितर पार्नुभएको थियो, त्यहाँबाट फेरि जम्मा गरेर ल्याउनुहुनेछ।+

  • यर्मिया ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्‌।+

  • यर्मिया २४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिनीहरूकै भलो होस्‌ भनेर म तिनीहरूमाथि नजर राख्नेछु र तिनीहरूलाई फेरि यस भूमिमा फर्काउनेछु।+ म तिनीहरूलाई बनाउनेछु र फेरि भत्काउनेछैनँ; म तिनीहरूलाई रोप्नेछु र फेरि उखेल्नेछैनँ।+

  • यर्मिया ३०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “अब यस्तो दिन आउँदै छ, जब म इस्राएल र यहुदाबाट कैदमा लगिएका मेरा मानिसहरूलाई जम्मा गर्नेछु।”+ यहोवा भन्‍नुहुन्छ, “अनि मैले तिनीहरूका पितापुर्खालाई दिएको देशमा म तिनीहरूलाई फिर्ता ल्याउनेछु र तिनीहरूले त्यो फेरि अधिकार गर्नेछन्‌।”’”+

  • यर्मिया ३२:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ ‘यसका बासिन्दाहरूदेखि क्रोधित हुँदै मैले आफ्नो भयङ्‌कर रिसमा तिनीहरूलाई जुन-जुन ठाउँमा तितरबितर पारेको थिएँ,+ ती सबै ठाउँबाट म तिनीहरूलाई यस ठाउँमा जम्मा गर्नेछु र तिनीहरू ढुक्कसित यहाँ बस्नेछन्‌।+

  • आमोस ९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ कैदमा लगिएको मेरो प्रजा इस्राएललाई म जम्मा गर्नेछु+

      अनि तिनीहरूले उजाड पारिएका सहरहरू पुनर्निर्माण गर्नेछन्‌ र तिनमा बसोबास गर्नेछन्‌;+

      तिनीहरूले अङ्‌गुर बगान लगाउनेछन्‌ र मद्य पिउनेछन्‌+

      अनि फलफूलका बगानहरू लगाउनेछन्‌ र त्यसका फलहरू खानेछन्‌।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने