-
लेवी २:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “‘यदि कसैले यहोवा परमेश्वरको निम्ति अन्नभेटी ल्याउन चाहन्छ भने+ त्यो मसिनो पीठोको होस्। उसले त्यसमा तेल खन्याओस् र त्यसमाथि सेतो धूप* छर्कोस्।+ २ उसले त्यसलाई हारुनको सन्तान अर्थात् पुजारीहरूकहाँ ल्याओस्। पुजारीले एक मुठी मसिनो पीठो, त्यसमा मिसाइएको तेल र सबै सेतो धूप लिएर सम्पूर्ण भेटीको प्रतीकस्वरूप* वेदीमा जलाऊन्।*+ यो आगोमा जलाएर चढाइने भेटी हो, जसको बास्ना यहोवा परमेश्वरलाई मन पर्ने* मीठो बास्ना हुनेछ।
-