-
२ राजा २१:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ मनस्सेले यहुदालाई यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गर्न लगाएर पाप गरे। त्यति मात्र नभई तिनले यरुसलेमको एक छेउदेखि अर्को छेउसम्मै निर्दोष मानिसहरूको रगत बगाए।+
-
-
मत्ति २३:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ यसकारण म तिमीहरूकहाँ भविष्यवक्ताहरू,+ बुद्धिमान् मानिसहरू र शिक्षकहरू पठाउँदै छु।+ तिनीहरूमध्ये केहीलाई तिमीहरूले मार्नेछौ,+ केहीलाई खम्बामा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ+ र केहीलाई चाहिँ सहर-सहरमा खेदो गर्नेछौ;+ ३५ धर्मी मानिसहरूमध्ये पृथ्वीमा ज-जसको रगत बगाइयो, ती सबैको दोष तिमीहरूमाथि आइपरोस्—धर्मी मानिस हाबिलदेखि+ बरखियाको छोरा जकरियाको रगतसम्म, जसको तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका थियौ।+
-