-
यर्मिया २७:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “यहोवा घोषणा गर्नुहुन्छ, ‘ती भविष्यवक्ताहरूलाई मैले पठाएको होइनँ। तैपनि तिनीहरू मेरो नाममा झूटो भविष्यवाणी गर्छन्। ती भविष्यवक्ताहरूको कुरा सुन्यौ भने म तिमीलाई तिनीहरूसँगसँगै छरपस्ट पारिदिनेछु र तिमी नाश हुनेछौ।’”+
-
-
यर्मिया २९:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ सेनाहरूका यहोवा, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूमाझ भएका भविष्यवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई छक्याउन नपाऊन्।+ तिनीहरूले आफ्नो सपनाको कुरा सुनाउँदा तिमीहरूले नपत्याओ। ९ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो भविष्यवाणी सुनाइरहेका छन्।’”’”+
-