४९ “यहोवा परमेश्वरले एकदमै टाढाको,+ पृथ्वीको पल्लो छेउको एउटा जातिलाई तिमीहरूविरुद्ध उठाउनुहुनेछ। तिमीहरूले नबुझ्ने भाषा बोल्ने त्यस जातिले+ तिमीहरूलाई चीलले जस्तै झम्टिनेछ।+५० त्यो निर्दयी जाति, जसले बूढापाकाको आदर गर्नेछैन र बालबच्चालाई दया देखाउनेछैन।+
२४ म संसारकै सबैभन्दा क्रूर जातिलाई ल्याउनेछु+ र ती मानिसहरूले तिनीहरूको घर कब्जा गर्नेछन्।+ अनि म शक्तिशालीहरूको घमन्ड चकनाचुर पारिदिन्छु र तिनीहरूका पवित्र स्थानहरू* बिटुलो पारिनेछन्।+