प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया १४:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यहोवाले मलाई यसो भन्‍नुभयो: “ती भविष्यवक्‍ताहरूले मेरो नाममा झूटो भविष्यवाणी गरिरहेका छन्‌।+ मैले उनीहरूलाई पठाएको होइनँ। मैले उनीहरूलाई कुनै आदेश दिएको वा उनीहरूलाई केही बताएको पनि छैनँ।+ उनीहरू झूटो भविष्यवाणी गर्छन्‌, व्यर्थै जोखना हेर्छन्‌ र आफ्नै छली विचार बताउँछन्‌।+

  • यर्मिया २३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ मैले ती भविष्यवक्‍ताहरूलाई पठाएकै थिइनँ तैपनि तिनीहरू दगुरेर गए।

      म तिनीहरूसित बोलेकै थिइनँ तैपनि तिनीहरूले भविष्यवाणी गरे।+

  • यर्मिया २८:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि भविष्यवक्‍ता यर्मियाले भविष्यवक्‍ता हानन्याहलाई+ यसो भने: “बिन्ती हानन्याह! मेरो कुरा सुन्‍नुहोस्‌। यहोवाले तपाईँलाई पठाउनुभएको होइन, तैपनि तपाईँ मानिसहरूलाई झूटो कुरा सुनाएर भ्रममा पार्दै हुनुहुन्छ।+

  • यर्मिया २९:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीहरूमाझ भएका भविष्यवक्‍ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई छक्याउन नपाऊन्‌।+ तिनीहरूले आफ्नो सपनाको कुरा सुनाउँदा तिमीहरूले नपत्याओ। ९ किनकि यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘मैले तिनीहरूलाई पठाएको होइनँ। तिनीहरूले मेरो नाममा तिमीहरूलाई झूटो भविष्यवाणी सुनाइरहेका छन्‌।’”’”+

  • इजकिएल १३:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “यहोवाले पठाउँदै नपठाए तापनि ‘यहोवा यसो भन्‍नुहुन्छ’ भन्‍नेहरूले झूटो दर्शन* देखेका छन्‌ र झूटो भविष्यवाणी गरेका छन्‌ अनि तिनीहरू त्यो पूरा होस्‌ भनेर आशा गर्छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने