प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २४:१४, १५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्‌।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+

  • २ इतिहास ३६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० वर्षको सुरुमा* राजा नबुकद्‌नेजरले यहोयाकिनलाई पक्रेर बेबिलोन ल्याउन+ आफ्ना सेवकहरू पठाए। उनले आफ्ना सेवकहरूलाई यहोवा परमेश्‍वरको भवनमा भएका बहुमूल्य सरसामान पनि ल्याउन लगाए।+ त्यसपछि उनले यहोयाकिनका काका सिदकियाहलाई यहुदा र यरुसलेममाथि राजा नियुक्‍त गरे।+

  • यर्मिया २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ बेबिलोनका राजा नबुकद्‌नेजरले* यहुदाका राजा येकोनिया,*+ जो यहोयाकिमका+ छोरा थिए, तिनलाई यहुदाका भारदारहरू, कालिगडहरू र धातुको काम गर्नेहरूसँगै* यरुसलेमबाट बेबिलोनमा कैदी बनाएर लगे।+ त्यसपछि यहोवाले मलाई दुई टोकरी अन्जिर देखाउनुभयो। ती टोकरीहरू यहोवाको मन्दिरअगाडि थिए।

  • दानिएल १:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

      ३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने