-
२ राजा २५:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए।
-
-
२ इतिहास ३६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ उनले साँचो परमेश्वरको भवनमा भएका साना, ठूला सबै भाँडाकुँडा बेबिलोन लगे। साथै उनले यहोवा परमेश्वरको भवनमा भएका बहुमूल्य चिजहरू अनि राजा र भारदारहरूका बहुमूल्य चिजहरू पनि लगे।+
-
-
यर्मिया ५२:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अनि कल्दियालीहरूले यहोवा परमेश्वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्वरको भवनमा भएका सबै तामा बेबिलोन लिएर गए।+ १८ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, कचौराहरू,+ प्यालाहरू+ र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए।
-
-
दानिएल ५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब तिनीहरूले यरुसलेममा भएको परमेश्वरको भवनको मन्दिरबाट ल्याइएका सुनका भाँडाकुँडा त्यहाँ ल्याए अनि राजा, तिनका भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिए।
-