-
यर्मिया २५:१२-१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ “यहोवा घोषणा गर्नुहुन्छ, ‘तर ७० वर्ष बितेपछि+ म बेबिलोन र त्यसका राजालाई सजाय दिनेछु।+ म कल्दियालीहरूको देशलाई सदाको लागि उजाड पारिदिनेछु।+ १३ मैले त्यस देशविरुद्ध ल्याउँछु भनेका सबै विपत्ति म ल्याउनेछु, जुन विपत्तिहरू यर्मियाले सबै राष्ट्रविरुद्ध गरेका भविष्यवाणीहरू भएको यस पुस्तकमा लेखिएका छन्। १४ थुप्रै राष्ट्र र महाराजाहरूले+ तिनीहरूलाई आफ्नो दास बनाउनेछन्।+ यसरी म तिनीहरूलाई तिनीहरूको कुकर्म र तिनीहरूका हातका कामहरूको निम्ति सजाय दिनेछु।’”+
-