प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ३५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

इजकिएल विषयवस्तु

      • सेइरका पहाडहरूविरुद्ध भविष्यवाणी (१-१५)

इजकिएल ३५:२

मार्जिनल रेफरेन्स

  • +उत्प ३२:३; व्य २:५
  • +यर्मि ४९:८; वि ४:२२; इज २५:८, ९; ओब १

इजकिएल ३५:३

मार्जिनल रेफरेन्स

  • +इज २५:१२, १३

इजकिएल ३५:४

मार्जिनल रेफरेन्स

  • +योए ३:१९; मला १:३

इजकिएल ३५:५

मार्जिनल रेफरेन्स

  • +उत्प २७:४१; आमो १:११
  • +भज १३७:७; ओब १०

इजकिएल ३५:६

फुटनोट

  • *

    वा “रक्‍तपातले।”

मार्जिनल रेफरेन्स

  • +ओब १५
  • +इज २५:१४

इजकिएल ३५:७

मार्जिनल रेफरेन्स

  • +इज २५:१३

इजकिएल ३५:९

मार्जिनल रेफरेन्स

  • +यर्मि ४९:१७, १८; इज २५:१३; मला १:४

इजकिएल ३५:१०

मार्जिनल रेफरेन्स

  • +इज ३६:५; ओब १३

इजकिएल ३५:११

मार्जिनल रेफरेन्स

  • +आमो १:११

इजकिएल ३५:१३

मार्जिनल रेफरेन्स

  • +ओब ३

इजकिएल ३५:१५

मार्जिनल रेफरेन्स

  • +वि ४:२१; ओब १२, १५
  • +यसै ३४:५; इज २५:१२, १३; ३६:५

अरू

इज. ३५:२उत्प ३२:३; व्य २:५
इज. ३५:२यर्मि ४९:८; वि ४:२२; इज २५:८, ९; ओब १
इज. ३५:३इज २५:१२, १३
इज. ३५:४योए ३:१९; मला १:३
इज. ३५:५उत्प २७:४१; आमो १:११
इज. ३५:५भज १३७:७; ओब १०
इज. ३५:६ओब १५
इज. ३५:६इज २५:१४
इज. ३५:७इज २५:१३
इज. ३५:९यर्मि ४९:१७, १८; इज २५:१३; मला १:४
इज. ३५:१०इज ३६:५; ओब १३
इज. ३५:११आमो १:११
इज. ३५:१३ओब ३
इज. ३५:१५वि ४:२१; ओब १२, १५
इज. ३५:१५यसै ३४:५; इज २५:१२, १३; ३६:५
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
पवित्र बाइबल नयाँ संसार अनुवाद
इजकिएल ३५:१-१५

इजकिएल

३५ यहोवाको वचन फेरि मकहाँ आयो। उहाँले मलाई भन्‍नुभयो: २ “हे मानिसको छोरा, सेइरको पहाडी इलाकातिर+ फर्केर त्यसविरुद्ध भविष्यवाणी गर।+ ३ त्यसलाई भन, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: “हे सेइरको पहाडी इलाका, म तँविरुद्ध खडा भएको छु। म तँमाथि आफ्नो हात उठाउनेछु अनि तँलाई निर्जन र उजाड पारिदिनेछु।+ ४ म तेरा सहरहरू ध्वस्त पार्नेछु अनि तँ निर्जन र उजाड हुनेछस्‌+ अनि तैँले म नै यहोवा हुँ भनेर जान्‍नेछस्‌। ५ किनकि तैँले इस्राएलीहरूसित सधैँ दुस्मनी गरिस्‌+ अनि तिनीहरूमाथि विपत्ति आउँदा, तिनीहरूलाई दण्ड दिएर अन्तिम न्याय गर्ने समय आउँदा तैँले तिनीहरूलाई तरबारको सिकार हुन दिइस्‌।”’+

६ “ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, म तँलाई मृत्युको योग्य ठहराउनेछु अनि मृत्युले* तँलाई पछ्याउन छोड्‌नेछैन।+ तँ जसलाई घृणा गर्थिस्‌, तिनीहरूलाई तैँले मृत्युमा पुऱ्‍याइस्‌, त्यसैले तँलाई पनि मृत्युमा पुऱ्‍याइनेछ।+ ७ म सेइरको पहाडी इलाकालाई निर्जन र उजाड बनाउनेछु।+ अनि त्यसको बाटो भएर आवतजावत गर्ने जोकोहीलाई नाश गर्नेछु। ८ म तेरो पहाडी इलाका लासैलासले भरिदिनेछु अनि तरबारले काटिएकाहरूको लासले तेरा पहाड, बेँसी र सबै खोलानाला भरिनेछन्‌। ९ तँ सदाको लागि उजाड हुनेछस्‌ र तेरा सहरहरू कहिल्यै आबाद हुनेछैनन्‌+ अनि तैँले म नै यहोवा हुँ भनेर जान्‍नेछस्‌।’

१० “तैँले यसो भनिस्‌, ‘यी दुई जाति र यी दुई देश मेरा हुनेछन्‌ र म यिनीहरूमाथि कब्जा जमाउनेछु।’+ तर तैँले म यहोवा त्यहीँ छु भनेर बिर्सिस्‌। ११ त्यसैले ब्रह्‍माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ, ‘म आफ्नै कसम खाएर भन्छु, तैँले तिनीहरूसित रिस, ईर्ष्या र दुस्मनी राखेर जस्तो व्यवहार गरिस्‌, म पनि तँसित त्यस्तै व्यवहार गर्नेछु+ अनि मैले तँलाई दण्ड दिँदा तिनीहरूले म को हुँ भनेर जान्‍नेछन्‌। १२ जब म तँलाई दण्ड दिन्छु, तब म यहोवाले तैँले भनेका सबै अपमानजनक कुरा सुनेको रहेछु भनेर तैँले बुझ्नेछस्‌। किनकि तैँले इस्राएलका पहाडहरूविरुद्ध यसो भनेको थिइस्‌, “ती उजाड भएका छन्‌ र हाम्रै आहार बनेका छन्‌।” १३ अहङ्‌कारी भई तैँले मेरो विरुद्धमा थुप्रै कुरा बोलिस्‌।+ मैले तेरो सबै कुरा सुनेँ।’

१४ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘मैले तँलाई निर्जन र उजाड पार्दा सारा पृथ्वी रमाउनेछ। १५ इस्राएलको घरानाको उत्तराधिकार खोसिँदा तँ खुब रमाएको थिइस्‌ तर अब म तँलाई त्यसरी नै उजाड पार्नेछु।+ ए सेइरको पहाडी इलाका, हो, सारा एदोम, तँ निर्जन र उजाड हुनेछस्‌;+ तब मानिसहरूले म नै यहोवा हुँ भनेर जान्‍नेछन्‌।’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने