प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९६ ७/८ पृ. ३०
  • पाठकहरूका प्रतिक्रिया

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रतिक्रिया
  • ब्यूँझनुहोस्‌!—१९९६
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रतिक्रिया
    ब्यूँझनुहोस्‌!—१९९६
  • पहिला गरिब, पछि धनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
ब्यूँझनुहोस्‌!—१९९६
g९६ ७/८ पृ. ३०

पाठकहरूका प्रतिक्रिया

किन अझै अविवाहित? “युवाजनहरू सोध्छन्‌ . . . सबै विवाह गर्दैछन्‌ तर म?” (अक्टोबर २२, १९९५) लेखको लागि तपाईंहरूलाई मुरी मुरी धन्यवाद। अचानक यस क्षेत्रमा सबैले कलिलै उमेरमा विवाह गर्न थालेका छन्‌। अठाह्र वर्ष भइसक्दा पनि मेरो प्रियतम नभएकोले कुनै कुनै व्यक्‍ति मबारे निकै चिन्तित छन्‌। मलाई सन्तुलित मनोवृत्ति राख्न मदत चाहिएकै बेला यो लेख पाएँ।

एस. जी., जर्मनी

म उन्‍नाइस वर्ष पुगेर पनि अविवाहित हुँदा कसैले मप्रति कुनै चासो नदेखाएकोले ममा केही खोट छ कि भनेर अक्सर सोच्ने गर्छु। विश्‍वासमा नभएका केही व्यक्‍तिहरूले ममा चासो नदेखाएका त होइनन्‌ तर मैले त्यसप्रकारको ध्यान खोजेकी होइन। त्यस लेखले मलाई धीरजी हुनु आवश्‍यक छ र सबैभन्दा महत्त्वपूर्ण कुरा त यहोवालाई प्रसन्‍न पार्नु हो भनेर बुझ्न मदत गऱ्‍यो।

जे. जि., संयुक्‍त राज्य

म ३८ वर्षीय अविवाहित पुरुष हुँ। र यस लेखको शीर्ष-प्रश्‍न मैले बारम्बार आफैलाई सोधेको छु। अविवाहित मसीही बहिनीहरूले निकै चोटि मेरो विवाहको प्रस्तावलाई अस्वीकार गरिसकेकाले “आशा साकार नहुँदा” पर्ने चोट मैले राम्ररी बुझेको छु। (हितोपदेश १३:१२) यस्तो परिस्थितिमा अविवाहित मसीहीहरूका अनुभूतिलाई यहोवाले वैध ठान्‍नुहुन्छ र हामी विश्‍वासी भई धीरजी भएमा उहाँले मूल्यांकन गर्नुहुन्छ भनेर थाह पाउनु साँच्चै आश्‍वासनदायी हो।

डी. टी., संयुक्‍त राज्य

महान्‌ कलाकार “महान्‌ कलाकारको खोजमा” (नोभेम्बर ८, १९९५) विषयक श्रृंखलाबद्ध लेख पढिसकेपछि मूल्यांकन व्यक्‍त नगरी बस्नै सकिनँ। मैले प्रकृतिसम्बन्धी टेलिभिजनमा धेरै कार्यक्रमहरू हेरिसकें तर ती कार्यक्रमहरू महान्‌ रचनाकारको प्रशंसा गर्न असफल भएका छन्‌। तथापि, ब्यूँझनुहोस्‌!-ले भने अक्सर हाम्रो महान्‌ परमेश्‍वर यहोवाको प्रशंसा गर्छ।

इ. जी., संयुक्‍त राज्य

यहोवाको प्रशंसा गर्ने कस्तो उदेकलाग्दो तरिका! उहाँको कलाको गुणस्तर साँच्चै विशिष्ट हुनुका साथै उहाँको कामको परिमाण अनुपम छ। यसबाहेक यहोवा परमेश्‍वरतर्फ मानिसहरूको ध्यान खिंच्न ब्यूँझनुहोस्‌!-लाई चित्ताकर्षक बनाउने ती थुप्रै प्रतिभाशाली कलाकारहरूलाई पनि स्याबासी दिन चाहन्छु।

एम. क्यु., संयुक्‍त राज्य

“महान्‌ कलाकारको खोजमा” (नोभेम्बर ८, १९९५) विषयक श्रृंखलाबद्ध लेखको लागि धन्यवाद। आफू पनि एक कलाकार भएकोले ती लेखहरूको निकै तारिफ गर्छु। परमेश्‍वरको सृष्टिमा विविधता, भजनसंग्रहका कवितामय कला र बाइबलका अन्य सुन्दर परिच्छेद सबैले कुन कुरा देखाउँछ भने, यहोवा कला सृजना गर्नुहुने मात्र होइन तर त्यसको आनन्द पनि उठाउने परमेश्‍वर हुनुहुन्छ।

बि. आर., संयुक्‍त राज्य

विगत ३० वर्षदेखि कला क्षेत्रमा भिजेकोले यस्तो उदेकलाग्दो लेख तयार पार्ने सबैको सराहना गर्न चाहन्छु। हाम्रा महान्‌ परमेश्‍वर यहोवा र उहाँको जोडदार सृजनात्मक दक्षताको सन्दर्भमा प्रस्तुत नौ पृष्ठको त्यो लेख सर्वोत्कृष्ट तरिकामा युक्‍तिसंगत छ।

पि. एम., संयुक्‍त राज्य

खाद्यान्‍नबाट हुने बिमारी “खाद्यान्‍नबाट हुने बिमारीबाट आफूलाई जोगाउनुहोस्‌” शीर्षक लेख मलाई औधी राम्रो लाग्यो। (नोभेम्बर २२, १९९५) पेशागत रूपमा मुख्य भान्छे भएकोले यस विषयमा म एउटा कुरा थप्न चाहन्छु। खाद्यान्‍नबाट बिमारी हुने ठाउँहरूमा अधकल्चो मासु खान रुचाउने व्यक्‍तिले त्यस्तो पकवान खानसक्दैन। हो, चर्को आगोमा धेरै बेर पकाएको मासु साह्रो र पचाउन गाह्रो हुन्छ। त्यसैले मधुरो आँचमा मासु उसिन्यो वा अलिकता तेल र पानी हालेर छोप्दै पकायो भने त्यो मजाले पाक्छ र नरम पनि हुन्छ।

जे. पि. के., संयुक्‍त राज्य

पकवान जानकारीको लागि धन्यवाद।—स.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने