प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ २/८ पृ. २७-२८
  • प्रेमको परमेश्‍वरसित पनि डर लाग्छ र?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रेमको परमेश्‍वरसित पनि डर लाग्छ र?
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्ग तथा परमेश्‍वरको महिमा
  • क्षमाशील परमेश्‍वर
  • परमेश्‍वरको न्यायदण्ड भोग्ने डर
  • तपाईंको हृदयलाई यहोवाको भय मान्‍ने बनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • बाइबल अध्ययन किन गर्ने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • किन मानिसको होइन, परमेश्‍वरको भय मान्‍नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • यहोवाको भयमा आनन्द प्राप्त गर्न सिक्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ २/८ पृ. २७-२८

बाइबलको दृष्टिकोण

प्रेमको परमेश्‍वरसित पनि डर लाग्छ र?

“त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ।”—भजन ११२:१.

बाइबलले बताएअनुसार “परमेश्‍वर प्रेम हुनुहुन्छ” भने उहाँसित डराउनुपर्ने कुनै कारण होला र? (१ यूहन्‍ना ४:१६) प्रेम र भय सामान्यतया एकअर्कासित पटक्कै सम्बन्ध नभएका कुराहरू भन्ठानिन्छ। त्यसोभए, परमेश्‍वरसितको हाम्रो सम्बन्धमा भयले कस्तो भूमिका निर्वाह गर्नुपर्ने हो? प्रेमको परमेश्‍वरसित किन डराउने? बाइबलमा “भय” शब्द कसरी प्रयोग भएको छ भनी नियालेर हेऱ्‍यौं भने यसलाई अझ राम्ररी बुझ्नसक्नेछौं।

प्रायजसो भाषाहरूमा एउटै शब्दले सन्दर्भअनुसार बेग्लाबेग्लै अर्थ बुझाउनसक्छ। उदाहरणका लागि, कुनै कुनै भाषामा यसो भन्‍न मिल्छ: “मलाई आइसक्रिम मन पर्छ,” “मलाई मेरा छोराछोरी मन पर्छन्‌।” यहाँ व्यक्‍त गरिएका दुइटा कुराहरू मन पर्नुको गहनता र प्रकारमा ठूलो भिन्‍नता छ। त्यस्तैगरि, बाइबलले विभिन्‍न प्रकारको भयबारे बताउँछ। परमेश्‍वरको उपासनाको सन्दर्भमा प्रयोग हुँदा यसले त्रास, डर वा सजाय भोग्नुपर्ने भावलाई संकेत गर्दैन। बरु, परमेश्‍वरप्रतिको भयले लाभदायी भावनाहरू अर्थात्‌ विस्मय, श्रद्धा र गहिरो आदर बुझाउँछ। यी महान्‌ भावनाहरूमा परमेश्‍वरप्रति प्रेम र उहाँप्रति आकर्षित हुनाको भाव गाँसिएको हुन्छ, उहाँबाट भाग्ने वा लुक्ने मनोभाव होइन।

परमेश्‍वरप्रतिको भयले अस्वास्थकर, डरछेरूवा भयलाई हटाउँछ। परमेश्‍वरको भय राख्ने मानिसबारे भजनरचयिताले यसप्रकार लेखे: “त्यो नराम्रो खबरले डराउँदैन। परमप्रभुमा भरोसा गरेर त्यसको हृदय स्थिर रहन्छ।” (भजन ११२:७) दुष्ट मानिस वा शैतानको कुनै पनि डरले यहोवाप्रतिको गहिरो आदर तथा श्रद्धालाई ढलपल गराउन सक्दैन। (लूका १२:४, ५) परमेश्‍वरलाई प्रार्थना गरेर पुकार्न पनि हामी डराउनु हुँदैन। बरु, अझ भनौं भने “प्रेमले डरलाई हटाउँछ।”—१ यूहन्‍ना ४:१८.

स्वर्ग तथा परमेश्‍वरको महिमा

पुरातन समयका राजा दाऊद ईश्‍वरभीरू थिए। सृष्टिको सुन्दरता र जटिलताबारे सोच्दा तिनी विस्मित भएका थिए। तिनले यस्तो उद्‌गार गरे: “म तपाईंलाई धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌। र ती कुरा मेरो आत्माले राम्ररी जान्दछ।” (भजन १३९:१४) राति आकाशतिर आँखा घुमाएर तिनले यसो भने: “आकाशले परमेश्‍वरको महिमाको वर्णन गर्छ।” (भजन १९:१) के तपाईंको विचारमा यस्तो वैभव देखेपछि दाऊद तर्सिए होलान्‌? त्यसो नभएर तिनी यहोवाको प्रशंसा गाउन उत्प्रेरित भए।

आकाशसम्बन्धी थप जानकारीले गर्दा अझ बढी विस्मित हुने आधार पाएका छौं। हालै हबल स्पेस टेलेस्कोप प्रयोग गरेर खगोलविद्‌हरूले आकाशको भित्रभित्रसम्म चियाए र अरू कुनै मानिसले यसअघि यति धेरै कुरा देखेको थिएन। तिनीहरूले पृथ्वीबाट टेलेस्कोपले आकाशमा हेर्दा खालि देखिने भाग छाने र एक हात पर राख्दा बालुवाको कण जत्रो मात्र देखिने भागमा हबल केन्द्रित गरे। तिनीहरूले कस्तो चित्र देखे भने त्यो भाग ताराहरूले होइन तर आकाशगंगाहरू अर्थात्‌ अरबौं ताराहरूको समूहले भरिएका रहेछन्‌ र यस्तो दृश्‍य मानिसले पहिले कहिल्यै देखेको थिएन!

ब्रह्‍माण्डको आकार, रहस्य तथा आश्‍चर्यले प्रखर अवलोकनकर्त्तालाई विस्मित पार्छ। तथापि, ती आश्‍चर्यकर्महरू सृष्टिकर्ताको महिमा तथा शक्‍तिको सानो झलक मात्र हुन्‌। बाइबलले यहोवा परमेश्‍वरलाई “ज्योतिका पिता” भन्छ र “उहाँले ताराका संख्या गन्‍नसक्नुहुन्छ। र ती सबैलाई नाउँ दिनुहुन्छ” भनेर बताउँछ।—याकूब १:१७; भजन १४७:४.

ब्रह्‍माण्ड कति ठूलो छ भनेर आकाशीय पिण्डहरू अस्तित्वमा रहेको समयावधिले पनि देखाउँछ। हबल स्पेस टेलेस्कोपले तस्बिर खिचेका आकाशगंगाहरूबाट निस्केको प्रकाश वायुमण्डलमा यात्रा गरिरहेको अरबौं वर्ष भइसक्यो! आकाश उत्पत्ति भएको समयको तुलनामा हामी त भर्खरै मात्र अस्तित्वमा आएका हौं र त्यसको आकारको दाँजोमा पनि असाध्यै तुच्छ छौं। के यो कारणले गर्दा पनि ताराहरू बनाउनुहुने परमेश्‍वरप्रति हाम्रो हृदयमा विस्मय र गहिरो श्रद्धा जाग्नुपर्दैन र? (यशैया ४०:२२, २६) यी सबै कुराहरू बनाउनुहुने परमेश्‍वरले ‘मानिसको सम्झना तथा चासो गर्नुहुन्छ’ भनी बुझेपछि परमेश्‍वरप्रति हाम्रो हृदयमा अझ गहिरो आदर जाग्छ र उहाँलाई चिन्‍न तथा खुसी पार्न जुर्मुरिन्छौं। (भजन ८:३, ४) त्यस्तो उच्च आदर तथा मूल्यांकनलाई नै बाइबलले परमेश्‍वरको भय भन्छ।

क्षमाशील परमेश्‍वर

हामी सबै असिद्ध छौं। सही कुरा गर्न खोज्दाखोज्दै पनि हामी अनजानमा पाप गर्न पुग्छौं। त्यसो भयो भन्दैमा के अब हामी परमेश्‍वरको अनुग्रह पाउनेछैनौं भनेर तर्सिनुपर्छ र? भजनरचयिताले यसप्रकार लेखे: “हे परमप्रभु, तपाईंले अधर्मको लेखा दिनुभयो भनेता हे परमप्रभु, को खड़ा हुनुसक्छ र? तर तपाईंको डर मान्‍न तपाईंसित क्षमा पनि छ।” (भजन १३०:३, ४) “सृष्टिकर्ता” यति बिघ्न दयालु तथा क्षमाशील हुनुहुन्छ भन्‍ने तथ्यले पनि उहाँका उपासकहरूको हृदयमा गहिरो मूल्यांकन तथा श्रद्धा जगाउँछ।—यशैया ५४:५-८.

परमेश्‍वरको भयले हामीलाई असल काम गर्न तथा परमेश्‍वरले खराब ठान्‍नुहुने कुराहरू नगर्न उत्प्रेरित गर्छ। स्वर्गमा हुनुहुने हाम्रा पितासितको सम्बन्धलाई मानव पिताको आफ्ना छोराछोरीसितको सम्बन्धसित तुलना गर्न सकिन्छ। बुबाले सडकमा नखेल भन्‍नुको कारण छोराछोरीले कहिलेकाहीं बिर्सनसक्छन्‌। तैपनि, व्यस्त सडकमा बलको पछि दौडन सकसक लाग्दा बुबाको निषेधाज्ञाले तिनीहरूलाई रोक्छ र सम्भवतः मृत्युबाट जोगाउँछ। त्यसरी नै परमेश्‍वरप्रतिको भयले वयस्कलाई आफ्नो तथा अरूको जीवन बर्बाद गर्ने कार्य गर्नदेखि रोक्छ।—हितोपदेश १४:२७.

परमेश्‍वरको न्यायदण्ड भोग्ने डर

यसको विपरीत, परमेश्‍वरलाई अप्रसन्‍न नतुल्याउन अन्तस्करणले नरोक्ने मानिसलाई बेग्लै प्रकारको डर हुन्छ। मानव सरकारले अपराधिक समूहलाई दण्ड दिएझैं जानाजानी गल्ती गर्ने, पश्‍चात्ताप नगर्ने व्यक्‍तिहरूलाई कारवाही गर्नु परमेश्‍वरको अधिकार हो। परमेश्‍वरले केही समयसम्म दुष्टता रहन दिनुभएको हुँदा कोही कोही गलत मार्गमा लागेर कठोर भएका छन्‌। तर परमेश्‍वरले यस पृथ्वीबाट दुष्ट तत्त्वहरू एक दिन अवश्‍य हटाउनुहुनेछ भनेर बाइबलले प्रस्टै बताउँछ। (भजन ३७:९, १०; उपदेशक ८:११; १ तिमोथी ५:२४) पश्‍चात्ताप नगर्ने दुष्टहरूलाई परमेश्‍वरबाट सजाय भोग्नुपर्ने डर लाग्नु स्वाभाविकै हो। यद्यपि, बाइबलले यस्तो प्रकारको भय राख्ने सुझाउ दिंदैन।

बरु, बाइबलले परमेश्‍वरको भयलाई जीवनका रमाइला कुराहरूसित तुलना गरेको छ—स्तुति, आनन्द, भरोसा, बुद्धि, दीर्घायु, बल, संवृद्धि, आशा, शान्ति इत्यादि।a यहोवाको भयमा हिंडिरह्‍यौं भने हामीले त्यस्ता आशिष्‌हरूको सधैं आनन्द उठाउनेछौं।—व्यवस्था १०:१२-१४.

[फुटनोट]

a प्रस्थान १५:११; भजन ३४:११, १२; ४०:३; १११:१०; हितोपदेश १०:२७; १४:२६; २२:४; २३:१७, १८; प्रेरित ९:३१ हेर्नुहोस्‌।

[पृष्ठ २८-मा भएको चित्रको स्रोत]

साभार Anglo-Australian Observatory, David Malin ले खिचेको तस्बिर

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने