प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९८ २/८ पृ. २९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • दिनहुँ आवतजावत गर्ने टोकियोका कागहरू
  • प्राकृतिक सम्पदा संकटमा
  • स्तनपानको संकट
  • अनौठो मित्रता
  • विश्‍वमा सरसफाइको अवस्था खस्किरहेको छ
  • गुटेनबर्ग बाइबल भेटियो
  • अघि लम्किरहेको सेना!
    ब्यूँझनुहोस्‌!—२००३
  • कुन कुराले तपाईंको स्वास्थ्य निर्धारण गर्छ—तपाईं के गर्न सक्नुहुन्छ
    ब्यूँझनुहोस्‌!—१९९५
  • मातृत्व—अनेकौं अवरोधहरू पार गर्नुपर्ने दौड
    ब्यूँझनुहोस्‌!—२००२
  • कीराजगत्‌का फोहोरमैला व्यवस्थापन विशेषज्ञहरू
    ब्यूँझनुहोस्‌!—२००२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९८
g९८ २/८ पृ. २९

विश्‍वदर्शन

दिनहुँ आवतजावत गर्ने टोकियोका कागहरू

टोकियो, जापानका कागहरूलाई दिनहुँ उपनगरबाट शहरसम्म आवातजावत गर्ने बानी परेको छ भनी द डेली योमुरी बताउँछ। पक्षी विशेषज्ञहरूअनुसार केही वर्षअघि टोकियोका पार्क तथा मन्दिर इलाकामा कागको जनसंख्या असाध्यै धेरै भएकोले अन्यत्र आफ्नो गुँड बनाउन बाध्य भएपछि यो बानी परेको थियो। यसको साथै कागहरूले उपनगरका सुविधाहरू थाह पाए। तर तिनीहरूले एउटा कुराको भने अभाव महसुस गरे। त्यो हो, शहरको फोहर तथा बचेखुचेका भोजनको थुप्रोमा पाइने मीठोमीठो शहरी खाना। द डेली योमुरी-ले बताएअनुसार “तलबी कामदारले आवातजावत गर्ने जस्तै तरिका” अपनाएर तिनीहरूले यो समस्याको समाधान गरे। तिनीहरू चाराको खोजीमा बिहान शहरभित्र आउँछन्‌ र साँझपख उपनगरमा फर्कन्छन्‌।”

प्राकृतिक सम्पदा संकटमा

भारतको उत्तरपूर्वी इलाकामा वनस्पति तथा जीवजन्तुहरू प्रशस्त मात्रामा छन्‌। तर अहिले यस इलाकाका ६५० प्रकारका वनस्पति तथा ७० जाति प्रजातिका जीवजन्तु लोप हुने संकटमा छन्‌। ‘नाजुक अवस्थामा पुगेका’ १८ वटा इकोसिस्टममध्ये बंगलादेशको सीमा नजिकै पर्ने मेघालय प्रान्तको पनि हो र यहाँको बायोडाइभर्सिटी जोखिममा परेको छ। दी एशियन एज-मा रिपोर्ट गरिएअनुसार मानिस तथा शिकारीहरूले इकोसिस्टमलाई बिगारिरहेका छन्‌। भारतका सातवटा उत्तरपूर्वी प्रान्तको बायोडाइभर्सिटी देशका अन्य भागको भन्दा नाजुक तथा जोखिममा परेको मानिन्छ।

स्तनपानको संकट

“गरिब देशका सुत्केरी आमाहरूलाई चिकित्सक तथा जनस्वास्थ्य निकायहरूले एउटै सुझाउ दिइरहेको दुई दशक भइसक्यो: बच्चाहरूलाई स्वस्थ बनाउन स्तनपान गराउनुहोस्‌,” भनी न्यु योर्क टाइम्स बताउँछ। “तर एड्‌सको महामारीले त्यो सल्लाह बेकामको बनाएको छ। अध्ययनहरूले देखाएअनुसार एड्‌स भाइरसद्वारा संक्रमित आमाहरूले स्तनपान गराउँदा बच्चालाई पनि सर्नसक्ने सम्भावना बढी हुन्छ। . . . हालै संयुक्‍त राष्ट्र संघको अनुमानअनुसार एच.आइ.भी. भाइरसद्वारा संक्रमित एक तिहाइ बच्चाहरूलाई यो रोग आमाको दूधबाट सरेको थियो।” यसको विकल्प हो, बच्चालाई बट्टाको दूध खुवाउने तर त्यसका पनि आफ्नै समस्याहरू छन्‌। धेरै मुलुकका आमाहरूसित त्यस्तो बट्टाको दूध किन्‍न वा सिसी किटाणुमुक्‍त पार्न चाहिने औकात छैन वा सफा पानी उपलब्ध हुँदैन। फलस्वरूप, बच्चाहरूलाई झाडापखाला, शरीरमा पानीको कमी हुनुका साथै श्‍वासप्रश्‍वास तथा पेटसम्बन्धी रोगहरू लाग्छ। गरिब परिवारहरूले बट्टाको दूधमा बढी पानी मिसाएर पातलो बनाउँछन्‌ र यसले गर्दा बच्चालाई कुपोषण हुन्छ। स्वास्थ्य अधिकृतहरू यी दुवै पक्षको समस्यालाई गम्भीरतापूर्वक विचार गर्दैछन्‌। विश्‍वभरि शिशु तथा साना केटाकेटीहरूलाई एच आइ भी-ले संक्रमण गर्दा प्रति दिन १,००० वटा नयाँ प्रकारका रोगहरू देखा परिरहेका छन्‌।

अनौठो मित्रता

वैज्ञानिकहरूले कमिला तथा अफ्रिकी गूँद रूखबीचको सम्बन्ध अझै बुझ्न सकेका छैनन्‌। यी रूखले कमिलालाई गाँसबासको प्रबन्ध गर्छ। प्रत्युपकारमा कमिलाहरूले रूखलाई नोक्सान गर्ने कीराहरूलाई आक्रमण गर्छन्‌ र यसका पातहरू खाने जनावरहरूलाई टोक्छन्‌। यस्तो सुरक्षामा रूखको बचाउ निर्भर छ जस्तो देखिन्छ। तर फूलहरू परागसेचन गर्न यस रूखलाई उड्‌ने कीराहरू पनि चाहिन्छ। त्यसोभए परागसेचन गर्ने कीराहरूले आफ्ना काम पूरा गर्ने मौका कतिखेर पाउँछन्‌ त? विज्ञान पत्रिका नेचर-अनुसार रूखहरूको “उर्वरता चरम बिन्दुमा पुगेको” अवस्थामा रूखले निकाल्ने एक प्रकारको रासायनिक तत्त्वले कमिलाहरूलाई धपाउँछ। यसले गर्दा “त्यस महत्त्वपूर्ण घडीमा” कीराहरूले परागसेचन गर्न पाउँछन्‌। फूलहरूको परागसेचन भएपछि कमिलाहरूले पुनः सुरक्षाकर्मीको काम गर्न थाल्छन्‌।

विश्‍वमा सरसफाइको अवस्था खस्किरहेको छ

“झण्डै तीन अरब मानिसहरू अर्थात्‌ विश्‍व जनसंख्याको आधाभन्दा बढी मानिसहरूले अत्यन्तै फोहर शौचालयसमेत प्रयोग गर्न पाइरहेका छैनन्‌” भनी द न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। युनिसेफद्वारा (संयुक्‍त राष्ट्र संघ बाल कोष) सञ्चालित राष्ट्रहरूको प्रगति नामक वार्षिक सर्वेक्षणबाट यी जानकारीहरू प्राप्त भएका हुन्‌। साथै “सरसफाइ तथ्यांकमा देखिएअनुसार संसारभरि यसको अवस्था राम्रो होइन तर झन्‌ झन्‌ खस्किरहेको” कुरा उल्लिखित छ। उदाहरणका लागि, कुनै कुनै देशहरूले गरिबलाई सफा पानीको प्रबन्ध गर्न सफल भए तापनि ढलनिकासको उचित प्रबन्ध गर्न सकेका छैनन्‌। आधारभूत स्वास्थ्य आवश्‍यकताहरू पनि पूरा हुन नसक्दा नयाँ नयाँ महामारी फैलनुका साथै पुराना रोगहरू फेरि देखा पर्छन्‌। भनिन्छ, सरसफाइको राम्रो व्यवस्था हुन नसकेकोले वर्षेनी २० लाखभन्दा बढी केटाकेटीहरू मर्ने गर्छन्‌। उक्‍त सर्वेक्षणका आयोजक अख्तर हमीद खान यसो भन्छन्‌: “सरसफाइ प्रणाली मध्यकालीन समयको जस्तो छ भने रोगहरू पनि स्वतः त्यस्तै प्रकारका हुन्छन्‌।”

गुटेनबर्ग बाइबल भेटियो

योहानेस गुटेनबर्गले १५ औं शताब्दीमा छापेको बाइबलको एउटा अंश रेन्ट्‌सबर्ग, जर्मनीको चर्च संग्रहालयमा भेटिएको छ। सन्‌ १९९६ को सुरुतिर यस १५० पृष्ठे अंश पत्ता लागेपछि यो साँच्चै गुटेनबर्ग बाइबल हो कि होइन भनी यकिन गर्न राम्ररी जाँचपडताल गरिएको थियो भनी भेसबाड्‌नर कुरेर रिपोर्ट गर्छ। विश्‍वभरि ४८ वटा गुटेनबर्ग बाइबल अस्तित्वमा छन्‌ र त्यसमध्ये २० वटा पूर्ण छन्‌। अखबारमा भनिएको छ, “योहानेस गुटेनबर्गले छापेका प्रख्यात दुई खण्डे बाइबल पुस्तक छपाइ जगत्‌को पहिलो प्रमुख कृति मानिन्छ।” हालै पत्ता लागेको अंशलाई “मौलिक पुस्तकसित बाँधेको सांग्लो अझै पनि यथावत्‌ छ। यो बाइबल नहराओस्‌ भनेर चर्चको मञ्चसित बाँधिएको थियो।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने