प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०१ ९/८ पृ. २०-२१
  • ख्रीष्ट विरोधी को हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रीष्ट विरोधी को हो?
  • ब्यूँझनुहोस्‌!—२००१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • गलत परिचय
  • अरू को को पनि ख्रीष्ट विरोधी हुन्‌?
  • ख्रीष्ट विरोधीहरूलाई के हुन्छ?
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००१
  • १ युहन्‍ना विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
ब्यूँझनुहोस्‌!—२००१
g०१ ९/८ पृ. २०-२१

बाइबलको दृष्टिकोण

ख्रीष्ट विरोधी को हो?

“ख्रीष्ट विरोधी आउँछ भन्‍ने तिमीहरूले सुने[का छौ]।”—१ यूहन्‍ना २:१८.

तपाईंको इलाकामा खतरनाक अपराधी आउँदैछ भनी कसैले चेताउनी दियो भने तपाईं के गर्नुहुन्छ? सम्भवतः तपाईं त्यसका हुलिया र तौरतरिकाहरूबारे सही जानकारी पत्ता लगाउने प्रयास गर्नुहुनेछ। अनि तपाईं होसियार रहनुहुनेछ।

आज पनि परिस्थिति त्यस्तै छ। प्रेरित यूहन्‍नाले निम्न शब्दहरूद्वारा हामीलाई यस्तो चेताउनी दिएको छ: “येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्‍वरबाटको होइन, र यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा, ‘यो आउँछ’ भन्‍ने तिमीहरूले सुनेका छौ, र अहिले त्यो यस संसारमा छँदै पनि छ।” (१ यूहन्‍ना ४:३) के सबै मानिसजातिको हितलाई नै खतरामा पार्ने परमेश्‍वरको शत्रु र मानिसलाई ठग्ने ख्रीष्ट विरोधी साँच्चै छ?

यूहन्‍नाले आफ्ना दुईवटा प्रेरित पत्रमा “ख्रीष्ट विरोधी” भन्‍ने पदावली पाँच चोटि चलाए। यसले येशू ख्रीष्टबारे बाइबलको शिक्षाको विरोध गर्ने र आफूलाई ख्रीष्ट वा उहाँले पठाएको व्यक्‍ति हुँ भनी दाबी गर्ने मानिसलाई संकेत गर्छ। ख्रीष्ट विरोधीबारे बाइबलले भरपर्दो जानकारी दिन्छ। तर कहिलेकाहीं अपराधीहरूसँग भएझैं यस रहस्यमयी परिचयबारे पनि साँचो तथ्यले भन्दा गलत रिपोर्टहरूले बढी ध्यान खिचेको छ।

गलत परिचय

ख्रीष्ट विरोधीबारे यूहन्‍नाका शब्दहरूले एक व्यक्‍तिलाई मात्र इंगित गर्छ भनी प्रेरित यूहन्‍नाको दिनदेखि मानिसहरूले दाबी गर्दै आएका छन्‌। मानिसहरूले ख्रीष्ट विरोधीको रूपमा विभिन्‍न नाउँहरूको प्रस्ताव राखेका छन्‌। शताब्दीयौंअघि थुप्रैले रोमी सम्राट नेरोलाई ख्रीष्ट विरोधी भन्ठाने। पछि, अडोल्फ हिटलरले देखाएको घृणा र फैलाएको त्रासको कारण थुप्रैले तिनी ख्रीष्ट विरोधी हुन्‌ भन्‍न थाले। जर्मन दर्शनविद्‌ फ्रेडरिक निशेलाई समेत उक्‍त नाउँ दिइएको थियो। यद्यपि, अरू कतिपयले त ख्रीष्ट विरोधी आउन बाँकी नै छ र तिनी चतुर, क्रूर राजनीतिज्ञको रूपमा देखा पर्नेछन्‌ अनि संसारमाथि आफ्नो शासन जमाउन खोज्नेछन्‌ भनी विश्‍वास गर्छन्‌। तिनीहरू प्रकाश अध्याय १३ को जंगली जनावरले खास गरी यूहन्‍नाले उल्लेख गरेका ख्रीष्ट विरोधीलाई नै बुझाउँछ भनी तिनीहरू विश्‍वास गर्छन्‌। त्यसको संख्या ६६६ चिह्नले जसरी भए पनि भविष्यमा आउने दुष्टतालाई चिनाउने छ भनी तिनीहरू बताउँछन्‌।

यस्तो विचार उचाल्ने मानिसहरूले यूहन्‍नाले एकै जना ख्रीष्ट विरोधीलाई मात्र इंगित गरेका छन्‌ भनी अड्‌कल काट्‌छन्‌। तर तिनका शब्दहरूले के बुझाउँछ? पहिलो यूहन्‍ना २:१८ का शब्दहरू विचार गर्नुहोस्‌: “ख्रीष्ट विरोधी आउँछ भन्‍ने तिमीहरूले सुनेझैं अहिले पनि धेरै जना ख्रीष्ट विरोधीहरू खड़ा भएका छन्‌।” हो, प्रथम शताब्दीको आध्यात्मिक तवरमा समस्याग्रस्त वातावरणको निम्ति एक जना मात्र होइन, “धेरै जना ख्रीष्ट विरोधीहरू” जिम्मेवार थिए। आज एक जना होइन तर थुप्रै ख्रीष्ट विरोधीहरूले ख्रीष्ट विरोधी समूह छन्‌। तिनीहरूले समूहगत रूपमा मानिसजातिमाथि आध्यात्मिक विनाश ल्याइरहेका छन्‌। (२ तिमोथी ३:१-५, १३) यी ख्रीष्ट विरोधीहरूमा को को पर्छन्‌?

सम्भाव्यताको रूपमा प्रकाश अध्याय १३ मा उल्लिखित जंगली जनावरलाई हामी हेरौं। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “मैले देखेको त्यो, जन्तु चितुवाजस्तै थियो, त्यसका खुट्टाहरू भालूका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो।” (प्रकाश १३:२) यी जन्तुहरूले केलाई चित्रित गर्छ?

बाइबलविद्‌हरूले प्रकाश अध्याय १३ र दानियल अध्याय ७ बीच सम्बन्ध छ भनेर याद गरेका छन्‌। परमेश्‍वरले दानियललाई चितुवा, भालु र सिंहलगायत अन्य प्रतीकात्मक जन्तुहरूको दर्शन दिनुभएको थियो। (दानियल ७:२-६) परमेश्‍वरको अगमवक्‍ताले ती सबैको के अर्थ खुलाए? ती जंगली जनावरहरूले पृथ्वीका राजा र सरकारहरूलाई चित्रण गर्छ भनी तिनले लेखे। (दानियल ७:१७) त्यसैकारण, हामी तार्किक रूपमा प्रकाशको पुस्तकको जंगली जनावरले मानव सरकारहरूलाई चित्रण गर्छ भन्‍ने निष्कर्ष निकाल्नसक्छौं। यी सरकारहरूले परमेश्‍वरको राज्यको विरोध गर्ने भएकोले तिनीहरू ख्रीष्ट विरोधीका भाग हुन्‌।

अरू को को पनि ख्रीष्ट विरोधी हुन्‌?

परमेश्‍वरको पुत्र, ख्रीष्ट पृथ्वीमा आउनुहुँदा उहाँका थुप्रै शत्रुहरू थिए। भौतिक अर्थमा उहाँ हामीबाट धेरै टाढा हुनुभए तापनि उहाँका आधुनिक विरोधीहरू छन्‌। यसमा को को समावेश छन्‌, याद गर्नुहोस्‌।

प्रेरित यूहन्‍नाले यसो भने: “येशूलाई ख्रीष्ट होइन भनेर इन्कार गर्नेबाहेक झूटा अरू को हो? पिता र पुत्रलाई समेत जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।” (१ यूहन्‍ना २:२२) धर्मत्यागीहरू तथा झूटा धर्मका शिक्षकहरूले येशूका स्पष्ट शिक्षाहरूलाई बंग्याएर धार्मिक छलछामको गाँठो बनाउँछन्‌। यस्ता मानिसहरूले बाइबलको सत्यलाई इन्कार गर्छन्‌ र परमेश्‍वर तथा ख्रीष्टको नाउँमा झूटा कुराहरू फैलाउँछन्‌। तिनीहरूले पिता र पुत्रको वास्तविक सम्बन्धलाई विशेष गरी त्रिएक जस्तो छलि सिद्धान्तद्वारा इन्कार गर्छन्‌। अतः तिनीहरू पनि ख्रीष्ट विरोधी हुन्‌।

येशूले आफ्ना चेलाहरूलाई लूका २१:१२ मा पहिल्यै यस्तो चेताउनी दिनुभयो: “तिनीहरूले मेरो नाउँको खातिर तिमीहरूलाई हात हाल्नेछन्‌, र खेदो गर्नेछन्‌, र सभाघरहरूमा सुम्पिदिनेछन्‌, . . . झ्यालखानमा हाल्नेछन्‌।” प्रथम शताब्दीदेखि साँचो मसीहीहरूले क्रूर सतावटहरू भोग्दै आएका छन्‌। (२ तिमोथी ३:१२) त्यस्तो व्यवहार गर्न उक्साउनेहरूले ख्रीष्टको विरोध गर्छन्‌। तिनीहरू पनि ख्रीष्ट विरोधी हुन्‌।

“जो मसित छैन, त्यो मेरो विरुद्धमा छ, औ जसले मसित बटुल्दैन त्यसले छर्छ।” (लूका ११:२३) यहाँ येशूले उहाँको र उहाँले समर्थन गर्ने ईश्‍वरीय उद्देश्‍यको विरोध गर्ने सबै ख्रीष्ट विरोधीकै वर्गमा पर्छन्‌ भनी उद्‌घोषणा गर्नुभयो। यस्ताहरूले कस्तो नतिजाको आशा गर्नसक्छन्‌?

ख्रीष्ट विरोधीहरूलाई के हुन्छ?

“झूट बोल्नेहरूलाई [परमेश्‍वरले] नष्ट गर्नुहुन्छ। परमप्रभुले रक्‍तपात र छल गर्ने मानिसलाई घृणा गर्नुहुन्छ” भनी भजन ५:६ मा लेखिएको छ। के यो ख्रीष्ट विरोधीहरूलाई पनि लागू हुन्छ? अवश्‍य। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “धेरै जना भ्रममा पार्नेहरू संसारमा आएका छन्‌, जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्दैनन्‌। भ्रममा पार्ने र ख्रीष्ट विरोधी यही हो।” (२ यूहन्‍ना ७) तिनीहरूको झूट र छलको कारण सर्वोच्च परमेश्‍वरले ख्रीष्ट विरोधीहरूमाथि सर्वनाश ल्याउनुहुनेछ।

न्यायको दिन झन्‌ झनै नजिक आएको कारण साँचो मसीहीहरूले विशेष गरी धर्मत्यागीहरूले गर्ने मसीही विरोधी छलको प्रभावमा र दबाउमा परेर आफ्नो विश्‍वासलाई कमजोर हुन दिनुहुँदैन। यूहन्‍नाको यो चेताउनी पालन गर्नु जरुरी छ: “होशियार रहो, हामीले गरेका कामको नतीजा गुमाउने होइन, तर पूरा इनाम पाउने होओ।”—२ यूहन्‍ना ८. (g01 8/8)

[पृष्ठ २०-मा भएको चित्रको स्रोत]

Nero on pages 2 and 20: Courtesy of the Visitors of the Ashmolean Museum, Oxford

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने