प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १२/८ पृ. २२-२३
  • हानबोक—कोरियाको राष्ट्रिय पोसाक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हानबोक—कोरियाको राष्ट्रिय पोसाक
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अनुपम डिजाइन
  • उपयोगी लुगा
  • अहिलेको हानबोक
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • के तपाईंको पहिरनले परमेश्‍वरको महिमा गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • फेसनको बदलिंदो रूप
    ब्यूँझनुहोस्‌!—२००३
  • के मेरो पहिरनले मेरो साँचो परिचय दिन्छ?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
ब्यूँझनुहोस्‌!—२००४
g04 १२/८ पृ. २२-२३

हानबोक—कोरियाको राष्ट्रिय पोसाक

गणतन्त्र कोरियाका ब्यूँझनुहोस्‌! लेखकद्वारा

कोरियालीहरूको लागि लुगा भनेको शरीर ढाक्ने वस्त्र मात्र होइन। यसको एउटा उदाहरण हानबोक भनिने परम्परागत कोरियाली पोसाक हो।

अनुपम डिजाइन

हानबोक स्पेनी नाचको बेला लगाइने बोलेरो-शैलीको कमिज र लामो स्कर्ट हो र यी दुईको अनुपात अचम्मैसित मिलाइएको हुन्छ।a कुनै-कुनै किसिममा कमिजभन्दा स्कर्ट चार गुणा लामो हुन्छ। यसले होची आइमाईलाई पनि अग्ली देखाउँछ।

हानबोक पोसाक हेर्दा झट्टै नदेखिने गरी कतै छाँटिएको र कतै सीधा हुन्छ। कमिजका बाहुलाहरू पखेटाजस्तै फैलिएका हुन्छन्‌ अनि स्कर्ट चाहिं वक्षस्थलबाट फैलिएर अति मर्यादित ढङ्‌गमा भुइँसम्म लत्रिएको हुन्छ। वक्षस्थललाई अझ प्रस्ट पार्नको लागि अनौठो किसिमको सुर्काउनी हुन्छ र यसको दुइटा छेउमा गाँठोबाट झन्डै कुर्कुच्चासम्म झुन्डिने लामो फित्ता हुन्छ। धेरैजसो हानबोकको एकदमै सुन्दर ज्यामीतिय बनोट र फूल बुट्टा हुन्छन्‌ अनि ब्लाउजको घाँटी, बाहुलाको किनार र स्कर्टमा मजाले इम्ब्रोइडरी गरिएको हुन्छ। हो, हानबोकको अनुपात, लाइन र रङ सबै मिलेर साँच्चै एउटा भद्र पोसाक बन्छ!

उपयोगी लुगा

हानबोकको सौन्दर्यलाई यस पोसाकको व्यावहारिक डिजाइनले अझ बढाएको हुन्छ। हानबोक साधारणतया प्राकृतिक रेसाहरूबाट बनाइएको हुँदा वर्षभरि नै लगाउन सकिन्छ। उदाहरणका लागि, सिस्नो वा सनजस्ता वनस्पति रेसाबाट हानबोक बनाइएको हुनाले यो हावा छिर्ने किसिमको हुन्छ र हानबोकले शरीरको प्रायजसो भाग ढाक्ने भए तापनि गर्मी महिनामा शीतल हुन्छ। अन्य प्रकारका कपडाहरूले शरीरको तापक्रम बाहिर निस्कन नदिने हुँदा जाडोको लागि बढी उपयुक्‍त हुन्छ।

हानबोक लगाउँदा सजिलो पनि हुन्छ। यो पक्षको फेसनसित कुनै सम्बन्ध छैन तर शताब्दीयौंअघि त्यस क्षेत्रमा घोडाको व्यापक प्रयोग गरिने हुँदा सजिलोको लागि यस्तो लुगा बनाइएको थियो। कल्चर एण्ड आइ पत्रिका यसो भन्छ: “यो लुगा चिसो मौसम सुहाउँदो र सिकार खेल्न अनि फिरन्ते गतिविधिको लागि उपयुक्‍त हुने गरी बनाइएको थियो।” यसर्थ, कोरियाली घोडसवारहरूले तिनीहरूलाई चलहल गर्न अप्ठ्यारो पार्ने किसिमको लुगा लगाउँदैनथे। हो, आज पनि हानबोक लगाउन चाहने कोरियालीहरूले यो लुगा लगाउँदा हुने सुविधाको श्रेय आफ्ना पूर्वजहरूलाई दिनुपर्छ!

हानबोकको अर्को रोचक पक्ष प्रतीकात्मक अर्थ भएको विभिन्‍न रङहरू चलाउने परम्परागत चलन हो। विगतमा कोरियाली शासकवर्गले अक्सर चहकिला आकर्षक रङहरू लगाउँथे तर साधारण किसानहरूले भने अक्सर सेतो लगाउँथे। साथै, एउटी महिलाले लगाएको पहेंलो र रातो रङबाट उनी अविवाहित हुन्‌ भनेर चिन्‍न सकिन्थ्यो। विवाहपछि भने उनको हानबोकले पतिको सामाजिक ओहदा झल्काउँथ्यो। आजकल विवाहमा दुलहीकी आमाले गुलाफी अनि दुलहाकी आमाले अक्सर नीलो रङको लगाएको आशा गरिन्छ। यस्तो चलनले गर्दा तिनीहरूलाई चिन्‍न पक्कै पनि सजिलो हुन्छ।

अहिलेको हानबोक

कोरियाली युद्धपछि (सन्‌ १९५०-१९५३) आधुनिकीकरण अभियान थालियो। फलस्वरूप सन्‌ १९७० को दशकसम्ममा हानबोक फेसनबाट हरायो अनि पश्‍चिमेली शैलीका लुगाहरू लोकप्रिय हुन थाले। यसरी कुनै समय दिनहुँ लगाइने साधारण पहिरन विवाह, बिदा र अन्य विशेष समारोहहरूमा मात्र लाउनको लागि दराजमा थन्काइन थालियो।

तथापि, हालै आएर भने हानबोक फेरि लोकप्रिय हुन थालेको छ। उदाहरणका लागि, सन्‌ १९९६ मा यसलाई पुनः लोकप्रिय बनाउन हरेक महिनाको पहिलो शनिबारलाई “हानबोक लगाउने दिन” घोषणा गरियो। कपडा उत्पादकहरूले विशेषगरि युवाहरूले मन पराउने किसिमका नयाँ हानबोक बजारमा ल्याउन थाले। आफ्नो पुरानो परम्परालाई पछ्याउँदा एक किसिमको भावनात्मक सन्तुष्टि प्राप्त हुने भएकोले होला, आधुनिक हानबोक निकै सफल साबित भएको छ। कामुकतालाई बढी महत्त्व दिने फेसनदार लुगाहरूको युगमा हानबोक एउटा सुन्दर तथा भद्र पहिरनको स्फूर्तिदायी उदाहरण हो।—१ तिमोथी २:९. (g04 11/08)

[फुटनोट]

a हानबोक महिला र पुरुषले लगाउने छुट्टाछुट्टै किसिमका हुन्छन्‌ तर हाम्रो छलफल भने महिलाको पोसाकमा केन्द्रित छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने