प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g04 १२/८ पृ. २१
  • सदा लोकप्रिय प्याज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सदा लोकप्रिय प्याज
  • ब्यूँझनुहोस्‌!—२००४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मीठो खानेकुरा मात्र होइन
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००४
  • गोलभेंडा—अत्यन्तै बहुउपयोगी “तरकारी”
    ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००४
g04 १२/८ पृ. २१

सदा लोकप्रिय प्याज

मेक्सिकोका ब्यूँझनुहोस्‌! लेखकद्वारा

प्याजविनाको भान्साकोठा पनि के भान्साकोठा? यो बहुउद्देश्‍यीय तरकारीलाई प्रायजसो सबै कुरामा प्रयोग गर्न सकिन्छ; जस्तै—सूपमा, सलादमा, मुख्य भोजनमा र औषधी बनाउन आदि। यसले हामीलाई अलिअलि रुवाउन पनि सक्छ।

प्याज आफै पनि सुन्दर फूल फुल्ने बोटहरूको वर्गमा पर्छ। फूल फूल्ने प्याजहरूमा गोल्डेन ओनियन, ब्राइड्‌स्‌ ओनियन र ओरनामेन्टल गार्लिक पर्छन्‌। यद्यपि, संसारको प्रायजसो हरेक भान्साकोठामा हुनेचाहिं प्याजको डल्ला अर्थात्‌ पुक्क फुलेको पातसहितको जमिनमुनि हुने गानो मात्र हो।

मानिसले खेती गर्दै आएका सबैभन्दा पुरानो तरकारीमध्ये प्याज पनि एउटा हो। प्याज कत्तिको व्यापक रूपमा प्रयोग हुन्थ्यो भन्‍ने कुरा बाइबल रेकर्डबाट थाह लगाउन सकिन्छ किनकि बाइबल रेकर्डअनुसार लगभग सा.यु.पू. १५१३ तिर इस्राएलका मानिसहरूले मिश्री दासत्वमा छँदा खाएका प्याजको चाह गरेका थिए।—गन्ती ११:५.

तर कुन कुराले गर्दा विविध संस्कृतिका मानिसहरूले प्याजको स्वाद यति मन पराएका छन्‌? पक्कै सल्फर अर्थात्‌ गन्धकको मिश्रणले गर्दा हो किनभने यसैले गर्दा प्याजबाट एक किसिमको सुवास र पिरो गन्ध आउँछ। अनि यसमा भएको सल्फेनिक एसिडचाहिं तुरुक्क आँसु झार्ने पदार्थ बन्छ।

मीठो खानेकुरा मात्र होइन

प्याज मानिसजातिको स्वास्थ्यको लागि एकदमै लाभदायी छ। यसमा क्याल्सियम, फस्फोरस र एसकोर्बिक एसिड वा भिटामिन सी-जस्ता पौष्टिक तत्त्वहरू पाइन्छ। यद्यपि, विशेष गरी प्याजमा औषधीको रूपमा काम गर्ने तत्त्वहरू हुने भएकाले इतिहासभरि नै यसलाई निकै बहुमूल्य ठानिएको छ। अहिले पनि प्याजलाई रुघाखोकी, कण्ठनली सुनिने, आथेरोस्क्लेरोसिस, मुटुको धमनीसम्बन्धी रोग, मधुमेह र दमलगायत विभिन्‍न रोगहरूको उपचार गर्न प्रयोग गर्ने गरिन्छ। साथै, एन्टिसेप्टिक, एन्टि-कोलेस्ट्रोल, एन्टि-इनफ्लामेटरी, एन्टि-थ्रोमबोटिक र एन्टि-क्यान्सरको श्रेय पनि प्याजलाई नै जान्छ।

प्याज विभिन्‍न रङमा पाइन्छ—सेतो, पहेंलो, खैरो, हरियो, रातो र बैजनी। तपाईं त्यसलाई काँचै, पकाएर, सिसीमा राखेर, अचार बनाएर, सुकाएर, धुलो बनाएर, टुक्रा-टुक्रा वा क्युब बनाएर खान सक्नुहुन्छ। अब भन्‍नुहोस्‌, तपाईंलाई रुवाए तापनि प्याज बडो गजबको तरकारी हो कि होइन रहेछ त? (g04 11/08)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने