प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g14 जुलाई पृ. ६
  • हार नमान्‍नुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हार नमान्‍नुहोस्‌!
  • ब्यूँझनुहोस्‌!—२०१४
  • मिल्दोजुल्दो सामग्री
  • एउटा विश्‍वव्यापी समस्या
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—जवानहरूमाझ व्याप्त पीडादायी समस्या
    ब्यूँझनुहोस्‌!—१९९८
  • मानिसहरू जीवनदेखि किन हरेस खान्छन्‌
    ब्यूँझनुहोस्‌!—२००१
  • आत्महत्या—लुकेको महामारी
    ब्यूँझनुहोस्‌!—२०००
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१४
g14 जुलाई पृ. ६
आत्महत्या गर्ने सोचाइ राखेका एक निराश व्यक्‍ति

आवरण लेख

हार नमान्‍नुहोस्‌!

एक्काइस वर्षीया निशाa हेर्दा बुद्धिमान्‌, तुरुन्तै अरूसित घुलमिल हुने र हँसिलो देखिन्छिन्‌। तर भित्र-भित्रै तिनी खोक्रो महसुस गर्छिन्‌। कहिलेकाहीं त तिनी महिनौंसम्म निराश रहन्छिन्‌। तिनी यसो भन्छिन्‌: “मैले मर्ने विषयमा नसोचेको एकदिन पनि छैन। यो संसारमा म हुनुको कुनै अर्थ छैन जस्तो लाग्छ।”

“प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०६९/७० मा देशभर ३९७४ जनाले आत्महत्या गरेका छन्‌। यो तथ्यांकले एकदिनमा ११ जना नेपालीले आत्महत्या गर्ने प्रहरी अधिकारी बताउँछन्‌।”—नयाँ पत्रिका, काठमाडौं, नेपाल।

आफूले कहिल्यै आत्महत्या नगर्ने कुरा निशा बताउँछिन्‌। तैपनि तिनलाई समय-समयमा जिउनु बेकार छ जस्तो लाग्छ। तिनी भन्छिन्‌: “म दुर्घटनामा परेर मर्न चाहन्छु। मृत्यु मेरो शत्रु होइन, साथी भएको छ।”

निशाले जस्तै महसुस गर्ने मानिसहरू धेरै छन्‌। कसै-कसैले आत्महत्या गर्ने प्रयास समेत गरेका छन्‌। तर विशेषज्ञहरूका अनुसार आत्महत्या गर्न प्रयास गर्नेहरू वास्तवमा आफ्नो जीवनको अन्त गर्न चाहँदैनन्‌। तिनीहरू केवल आफ्नो पीडाको अन्त गर्न चाहन्छन्‌। स्पष्ट भन्‍नुपर्दा तिनीहरू आफूसित मर्ने कारण छ भनी सोच्ने गर्छन्‌। तर तिनीहरूलाई जिउने कारण चाहिएको छ।

त्यसोभए आउनुहोस्‌, जिउने तीन कारणबारे विचार गरौं।

मिथ्या: आत्महत्याबारे कुरा गर्नु वा आत्महत्याको नामसमेत लिनु हुँदैन—यसले आत्महत्या गर्न उक्साउँछ।

तथ्य: आत्महत्याबारे खुलस्त कुराकानी गर्दा आत्महत्या गर्ने सोचाइ राखेकाहरूले समस्या समाधान गर्ने अरू उपायबारे विचार गर्न मदत पाउँछन्‌।

a नाम परिवर्तन गरिएको छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने