प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ४ पृ. ८-९
  • छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चुनौती
  • तपाईंले के बुझ्नुपर्छ?
  • तपाईं के गर्न सक्नुहुन्छ?
  • आफ्ना छोराछोरीसित यौनबारे कुरा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • तपाईंका छोराछोरीको मनमा नैतिक मूल्यमान्यता ठप्प बसालिदिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • आमाबाबु हो—आफ्ना छोराछोरीको रक्षा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • के मुख-मैथुन गर्नु पनि यौनसम्बन्ध राख्नु हो?
    युवाहरू सोध्छन्‌
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ४ पृ. ८-९
डोरीमा लुगा सुकाउँदै गरेकी आमा छोरीसँग कुरा गर्छिन्‌

परिवारका लागि | छोराछोरी हुर्काउने

छोराछोरीलाई यौनबारे शिक्षा दिनुहोस्‌

चुनौती

जानकारी पाउने थुप्रै सामग्री जस्तै: बाइबल, एउटा किताब र इलेक्ट्रोनिक साधनहरू हेर्दै गरेको केटो

बीस-तीस वर्षअघिसम्म मात्र छोराछोरीलाई यौनबारे शिक्षा दिने पहिलो व्यक्‍ति बुबाआमा हुन्थे। तिनीहरूले छोराछोरीको उमेर र आवश्‍यकता विचार गर्दै त्यसबारे बुझाउँथे।

तर अहिलेको समय बिलकुलै फरक छ। द लोलिता इफेक्ट भन्‍ने अङ्‌ग्रेजी किताबमा यस्तो लेखिएको छ: “आजकल सानै उमेरमा बच्चाहरूले यौनबारे थाह पाउन थालिसकेका हुन्छन्‌। बच्चाहरूका लागि भनेर तयार पारिएका टिभी कार्यक्रम, पत्रपत्रिकाहरूमा यौनसम्बन्धी कुराहरू बढ्‌न थालेको छ।” तपाईंको विचारमा यस्ता कुराहरूले बच्चाहरूलाई फाइदा पुऱ्‍याउँछ वा हानि गर्छ?

तपाईंले के बुझ्नुपर्छ?

अश्‍लील कुराहरू जताततै छन्‌। डेब्रा रोफ्मनको टक टु मि फर्स्ट भन्‍ने अङ्‌ग्रेजी किताबमा यस्तो लेखिएको छ: ‘कुराकानी, विज्ञापन, फिल्म, किताब, गीत, टिभी कार्यक्रम, मेसेज, गेम, होर्डिङ बोर्ड, फोन र कम्प्युटरहरू कामुक फोटो, अश्‍लील बोली र दोहोरो अर्थ लाग्ने संवादले भरिएका छन्‌। जसले गर्दा थुप्रैले [केटाकेटी, किशोरकिशोरी] यौन सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने निष्कर्ष निकाल्छन्‌।’

केही हदसम्म विज्ञापन जगत्‌को दोष छ। विज्ञापनकर्ता र व्यापारीहरू केटाकेटीको ‘सेक्सी पहिरन’ बिकाउन धेरै कोसिस गर्छन्‌। यसरी सानै उमेरदेखि बाहिरी रूपरङमा अचाक्ली ध्यान दिन लगाएर तिनीहरू आफ्नो व्यापार बढाउन चाहन्छन्‌। सो सेक्सी सो सुन नामक अङ्‌ग्रेजी किताब यसो भन्छ: “केटाकेटीहरू आफ्ना साथीहरूजस्तै हुन चाहन्छन्‌ अनि साथीहरूले आफूसित राम्रो व्यवहार गरेको चाहन्छन्‌। विज्ञापनकर्ताहरू यस्तै कमजोरीको फाइदा उठाउँछन्‌। यी सबै कामुक चित्र, फोटो र सामग्रीहरू केटाकेटीलाई यौनसम्बन्ध राख्न उक्साउने उद्देश्‍यले होइन, बरु नयाँ-नयाँ सामान बिकाउने उद्देश्‍यले तयार पारिएका हुन्छन्‌।”

जानकारी भएर मात्र पुग्दैन। गाडी कसरी चल्छ भनेर थाह पाउनु र राम्ररी गाडी चलाउन जान्‍नुबीच फरक छ। त्यस्तैगरि यौनबारे ज्ञान हुनु र त्यो ज्ञानको आधारमा सही निर्णय गर्नुबीच फरक छ।

निष्कर्ष: छोराछोरीलाई “सोच्ने-बुझ्ने क्षमता” चलाउन तालिम दिनु पहिलाभन्दा धेरै आवश्‍यक परेको छ। यसले तिनीहरूलाई “सही र गलत छुट्ट्याउन” मदत गर्छ।—हिब्रू ५:१४.

तपाईं के गर्न सक्नुहुन्छ?

छोराछोरीसित कुरा गर्नुहोस्‌। छोराछोरीसित यौनको विषयमा कुरा गर्न जत्ति नै अप्ठ्यारो लागे पनि त्यसबारे सिकाउनु तपाईंको जिम्मेवारी हो। त्यसैले नहिचकिचाउनुहोस्‌।—बाइबलको सिद्धान्त: हितोपदेश २२:६.

अलि-अलि गर्दै बुझाउनुहोस्‌। एकै चोटि सबै कुरा भन्‍नुभन्दा अलि-अलि गर्दै बुझाउनु राम्रो हुन्छ। जस्तै: गाडीमा कतै यात्रा गर्दा अथवा घरायसी काम गर्दा। विचार व्यक्‍त गर्न सजिलो महसुस गराउने खालका प्रश्‍नहरू सोध्नुहोस्‌। उदाहरणको लागि, “तिमीलाई यस्तो खालको विज्ञापन मन पर्छ” भनेर सोध्नुको सट्टा “विज्ञापनकर्ताहरूले आफ्नो सामान बिकाउन किन यस्तो खालको विज्ञापन देखाउँछन्‌” भनेर सोध्नुहोस्‌। उसले जवाफ दिएपछि यस्तो प्रश्‍न सोध्नुहोस्‌, “तिमीलाई चाहिं कस्तो लाग्छ?”—बाइबलको सिद्धान्त: व्यवस्था ६:६, ७.

उमेरअनुसार सिकाउनुहोस्‌। स्कुल जाने उमेर नपुगेका केटाकेटीलाई यौन अङ्‌गहरूको नाम सिकाउनुहोस्‌। यौन दुराचारीहरूदेखि कसरी जोगिने भनेर पनि सिकाउनुहोस्‌। तिनीहरू हुर्कंदै गएपछि प्रजननबारे आधारभूत कुरा बताउन सक्नुहुन्छ। केटाकेटी यौवनावस्थामा पुग्दासम्म यौनसम्बन्ध कसरी राखिन्छ भनेर मात्र होइन, कोसित यौनसम्बन्ध राख्नु उचित हो वा होइन, त्यो समेत तिनीहरूले बुझिसकेको हुनुपर्छ।

नैतिक मूल्यमान्यता सिकाउनुहोस्‌। छोराछोरीलाई इमानदार हुने, अरूको आदर गर्ने जस्ता विषयमा सानैदेखि सिकाउनुपर्छ। त्यसपछि यौनबारे सिकाउन सजिलो हुन्छ। आफ्नो मूल्यमान्यताबारे स्पष्टसित बताउनुहोस्‌। उदाहरणको लागि, तपाईं विवाहपूर्व यौनसम्बन्ध राख्नुलाई गलत ठान्‍नुहुन्छ भने त्यो कुरा स्पष्टसित बताउनुहोस्‌। अनि यसो गर्नु किन गलत र हानिकारक हो भनेर पनि बुझाउनुहोस्‌। बियोन्ड द बिग टक भन्‍ने अङ्‌ग्रेजी किताब यसो भन्छ: “किशोरावस्थामा यौनसम्बन्ध राख्ने कुरा बुबाआमालाई पटक्कै मन पर्दैन भनेर बुझेका किशोरकिशोरीहरूले किशोरावस्थामा यौनसम्बन्ध राख्ने सम्भावना धेरै कम हुन्छ।”

उदाहरणीय हुनुहोस्‌। तपाईं जस्तो सिकाउनुहुन्छ, त्यसरी नै जीवन बिताउनुहोस्‌। जस्तै: अश्‍लील चुट्‌किला सुनेर के तपाईं हाँस्नुहुन्छ? ‘सेक्सी पहिरन’ लगाउनुहुन्छ कि? फ्लर्ट गर्नुहुन्छ कि? तपाईंले सिकाएको कुरा बोलीमा मात्र सीमित छ भने छोराछोरीलाई सिकाउन खोज्नुभएको नैतिक मूल्यमान्यतालाई आफैले हल्का बनाइरहनुभएको हुनेछ।—बाइबलको सिद्धान्त: रोमी २:२१.

सकारात्मक पक्षबारे बताउनुहोस्‌। यौन परमेश्‍वरले दिनुभएको उपहार हो। विवाहपछिको यौनसम्बन्धले आनन्द दिन्छ। (हितोपदेश ५:१८, १९) तर विवाहपूर्व राखिने यौनसम्बन्धले दुःख र पीडा निम्त्याउँछ। तपाईंको छोराछोरीले पनि उचित समयमा यस उपहारबाट आनन्द उठाउन पाउनेछन्‌ भनेर बुझाउनुहोस्‌।—१ तिमोथी १:१८, १९. (g16-E No. 5)

मूल शास्त्रपद

  • “बालकलाई ठीक बाटोमा लगाऊ र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”—हितोपदेश २२:६.

  • “तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होसियारीसाथ सिकाओ।” —व्यवस्था ६:६, ७.

  • “तिमी जो अरूलाई सिकाउँछौ, के आफैलाई चाहिं सिकाउँदैनौ?”—रोमी २:२१.

बुबाआमाको भूमिका

भनिन्छ, केटाकेटीहरू साथीहरूको सिको गर्छन्‌ तर वास्तवमा साथीहरूको भन्दा बुबाआमाको प्रभाव तिनीहरूमा धेरै पर्छ। “केटाकेटीको निम्ति यो संसार हेर्ने आँखीझ्याल भनेकै बुबाआमाले दिने सल्लाह अनि निर्देशन हो। तर यदि बुबाआमाले उनीहरूलाई सिकाउन समय दिएनन्‌ भने उनीहरू अरूको मदत खोज्नतिर लाग्छन्‌। . . . दशकौंदेखि गरिएको अनुसन्धानले के देखाएको छ भने यौनजस्तो विषयमा शिक्षा दिने आमाबाबुका छोराछोरीहरूले सही निर्णय गर्न सक्छन्‌ र तिनीहरू जिम्मेवार हुन्छन्‌। अनि अझ महत्त्वपूर्ण कुरा तिनीहरू खराब आचरणदेखि टाढै बस्छन्‌।”—टक टु मि फर्स्ट (अङ्‌ग्रेजी)।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने