प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 सङ्‌ख्या ४ पृ. ७
  • अमेरिकी महादेशमा एक नजर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अमेरिकी महादेशमा एक नजर
  • ब्यूँझनुहोस्‌!—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धेरै इमेल—धेरै तनाव!
  • माछा संरक्षण
  • ब्राजिलमा हिंसा
  • तनावको सामना कसरी गर्ने?
    ब्यूँझनुहोस्‌!—२०२०
  • असल तनाउ, खराब तनाउ
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनाउ—नियन्त्रणमा राख्न सकिन्छ!
    ब्यूँझनुहोस्‌!—१९९८
  • तनाव भनेको के हो?
    ब्यूँझनुहोस्‌!—२०२०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 सङ्‌ख्या ४ पृ. ७
समुद्रमा माछा

विश्‍वदर्शन

अमेरिकी महादेशमा एक नजर

पश्‍चिमी गोलार्द्धका समाचारहरूले बाइबलका अपरिवर्तनीय सिद्धान्तहरू कत्ति लाभदायी छन्‌ भनेर देखाउँछ।

धेरै इमेल—धेरै तनाव!

एक व्यक्‍ति दिनमा तीन पटक इमेल हेर्छ र ऊ शान्त देखिन्छ; अर्को व्यक्‍ति घरीघरी इमेल हेर्छ र ऊ तनावमा देखिन्छ

घरीघरी इमेल हेर्ने व्यक्‍तिमा भन्दा दिनमा तीन पटक मात्र इमेल हेर्ने व्यक्‍तिमा तनाव कम हुन्छ भनी क्यानाडाको भ्यानकुभरमा गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ। यो अनुसन्धान गर्न नेतृत्व लिएका कोस्टडिन कुश्‍लेभले आफ्नो अध्ययनको निष्कर्षमा यसो भने: “घरीघरी इमेल हेर्ने बानी हटाउन मानिसहरूलाई गाह्रो लाग्छ तर यस्तो बानी हटाउँदा तनाव कम हुन्छ।”

यसबारे सोच्नुहोस्‌: हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेकोले तनाव कम गर्ने तरिकाहरू खोज्नु बेस होइन र?—२ तिमोथी ३:१.

माछा संरक्षण

वन्यजन्तु संरक्षण समाजको (डब्लू सि एस) एउटा रिपोर्ट यसो भन्छ: “सरकारले बेलिज र क्यारेबियनका अरू क्षेत्रहरूमा माछा मार्न निषेध गरेको छ। यसले गर्दा यी क्षेत्रहरूमा समुद्री शङ्‌खेकीरा, लब्स्‌टर र अरू माछाहरूको सङ्‌ख्या वृद्धि भएको छ।” सोही रिपोर्ट थप यसो भन्छ: “माछा मार्न निषेध गरिएका क्षेत्रहरूमा लोप भएका प्रजातिहरूको सङ्‌ख्यामा सुधार आउन कम्तीमा १ देखि ६ वर्ष लाग्न सक्छ। तर पूर्ण रूपमा सुधार आउन भने . . . दशकौं लाग्न सक्छ।” डब्लू सि एस-का कार्यक्रम निर्देशक ज्यानेट गिब्सनले बेलिजबारे यसो भनिन्‌: “ठाउँ-ठाउँमा माछा मार्न निषेध गरिएकोले माछा मार्ने अरू थुप्रै क्षेत्र र जैविक विविधतामा सुधार आएको छ।”

यसबारे सोच्नुहोस्‌: आफै नवीकरण हुन सक्ने प्रकृतिको यस्तो क्षमताले एक जना बुद्धिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ भनेर देखाउँदैन र?—भजन १०४:२४, २५.

ब्राजिलमा हिंसा

ब्राजिलमा हिंसा बढ्‌दै छ भनेर ‘असेन्सिय ब्राजिल’ समाचार सेवाले बताएको छ। सन्‌ २०१२ मा ५६,००० भन्दा धेरै हत्या भएको थियो। यो सङ्‌ख्या स्वास्थ्य मन्त्रालयको वार्षिक रेकर्डअनुसार अहिलेसम्मकै धेरै हो। मानिसहरूको नैतिक स्तर खस्कँदै गएकोले यस्ता घटनाहरू बढ्‌दै गएको हो भनी सार्वजनिक सुरक्षाका विशेषज्ञ लुइस सपोरी बताउँछन्‌। समाजको नियमलाई बेवास्ता गर्ने मानिसहरू “हिंसाको सहारा लिएर आफ्नो स्वार्थ पूरा गर्न थाल्छन्‌” भनी उनले बताए।

के तपाईंलाई थाह थियो? मानिसहरूको “प्रेम सेलाएर जानेछ” र दुष्टता बढ्‌दै जानेछ भनेर बाइबलमा पहिल्यै भविष्यवाणी गरिएको थियो।—मत्ती २४:३, १२. (g16-E No. 5)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने