प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 सङ्‌ख्या २ पृ. ५
  • २ मिलेर काम गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ मिलेर काम गर्नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यस विषयमा किन चासो राख्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • मेलमिलाप गर्नुहोस्‌, तर कसरी?
    ब्यूँझनुहोस्‌!—२०१५
  • एकअर्कासित विचार नमिल्दा
    परिवारका लागि
  • ‘विवाह आदरणीय होस्‌’
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • पाको उमेरमा तपाईँ कसरी वैवाहिक सम्बन्धलाई जोगाउन सक्नुहुन्छ?
    परिवारका लागि
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 सङ्‌ख्या २ पृ. ५
पतिपत्नी हवाईजहाजमा पाइलट र सहायक पाइलटको रूपमा मिलेर काम गर्दै

मिलेर काम गर्नु भनेको पाइलट र सहायक पाइलट मिलेर हवाईजहाज उडाउनुजस्तै हो

दम्पतीका लागि

२ मिलेर काम गर्नुहोस्‌

यसको अर्थ के हो?

मिलेर काम गर्ने पतिपत्नी हवाईजहाजको पाइलट र सहायक पाइलटजस्तै हुन्‌। गन्तव्यमा पुग्न उनीहरू दुवैको उडान योजना एउटै हुनुपर्छ र हातेमालो गर्दै काम गर्नुपर्छ। समस्या आइपर्दा पतिपत्नीले आफूबारे मात्र सोच्नु हुँदैन बरु दुवैबारे सोच्नुपर्छ।

बाइबलको सिद्धान्त: “तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌।”—मत्ती १९:६.

“वैवाहिक जीवन कुनै कार्यक्रममा देखाइने एकल प्रस्तुति जस्तो होइन। यसलाई सफल बनाउन पतिपत्नी दुवै मिलेर काम गर्नुपर्छ।”—क्रिस्टोफर

यस विषयमा किन चासो राख्नुपर्छ?

मिलेर काम नगर्ने पतिपत्नी समस्या आउँदा त्यसलाई सुल्झाउनुको साटो एकअर्काको गल्ती कोट्ट्याउनतिर लाग्छन्‌। अनि तिलजत्रो समस्या पहाड बन्छ।

“मिलेर काम गर्नु वैवाहिक जीवनको एउटा महत्त्वपूर्ण पक्ष हो। यदि हामी श्रीमान्‌-श्रीमती मिलेर काम गर्दैनौँ भने हामी जीवनसाथी नभई एउटै कोठामा बस्ने साथी जस्तो मात्र हुन्छौँ। मतलब, हामी सँगै बसे पनि मिलेर महत्त्वपूर्ण निर्णय गर्न सक्दैनौँ।”—एलिगज्यान्ड्रा

तपाईँ के गर्न सक्नुहुन्छ?

आफैलाई जाँच्नुहोस्‌

  • आफूले कमाएको पैसा “सबै मेरो हो” जस्तो लाग्छ कि?

  • रमाइलो गर्न जीवनसाथीदेखि टाढा जानुपर्छ कि?

  • आफ्नो जीवनसाथीका घनिष्ठ नातेदारहरूसित सङ्‌गत गर्न झिजो लाग्छ कि?

सँगै छलफल गर्नुहोस्‌

  • वैवाहिक जीवनको कुन क्षेत्रमा हामीलाई मिलेर काम गर्न सजिलो लाग्छ?

  • हामीले कुन क्षेत्रमा उन्‍नति गर्नुपर्छ?

  • उन्‍नति गर्न कस्ता कदमहरू चाल्न सक्छौँ?

सुझाव

  • मानौँ, तपाईँहरू कुनै खेल खेल्दै हुनुहुन्छ तर एकअर्काको विपक्षीको रूपमा। एउटै टिम भएर खेल्न के गर्न सक्नुहुन्छ?

  • ‘म कसरी जित्न सक्छु’ भनेर सोच्नुको साटो ‘हामी दुवै जना कसरी जित्न सक्छौँ’ भनेर सोच्नुहोस्‌।

“को सही र को गलत भन्‍ने कुरामा ध्यान नदिनुहोस्‌। वैवाहिक जीवनमा शान्ति र एकता हुनुचाहिँ महत्त्वपूर्ण हो।”—इथन

बाइबलको सिद्धान्त: “तिमीहरू आफ्नै कुरामा मात्र होइन तर अरूको कुरामा पनि ध्यान देओ।”—फिलिप्पी २:३, ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने