प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या ३ पृ. ८-९
  • अरूको असल गुणहरूमा ध्यान दिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अरूको असल गुणहरूमा ध्यान दिनुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • समस्या
  • बाइबल सिद्धान्त
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • पूर्वाग्रहको अन्त
    ब्यूँझनुहोस्‌!—२००४
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • पूर्वाग्रहका मूल कारणहरू
    ब्यूँझनुहोस्‌!—२००४
  • जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या ३ पृ. ८-९
तस्बिरहरूको सङ्‌गालो: १. एक दृष्टिविहीन स्त्रीले बाटो काटेकोले हत्तरिँदै गइरहेको एउटा दम्पती चिढिन्छ। २. पछि ती दृष्टिविहीन स्त्रीले कन्सर्टमा सेलो बजाएको देख्दा त्यो दम्पती छक्क पर्छ।

अरूको असल गुणहरूमा ध्यान दिनुहोस्‌

समस्या

घमण्डी भयौँ भने हामी पूर्वाग्रही हुन सक्छौँ। घमण्डी मानिसले आफूलाई बढ्‌तै महत्त्व दिन्छ। त्यस्तो व्यक्‍तिले आफूलाई अरूभन्दा उच्च ठान्छ र आफूभन्दा फरक जोकोहीलाई पनि तुच्छ सम्झन्छ। यस्तो सोचाइ जसमा पनि विकास हुन सक्छ। दी इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ: “धेरैजसो [सांस्कृतिक] समूहका मानिसहरूलाई केही न केही हदसम्म आफ्नो जीवनशैली, खानेकुरा, पहिरन, आनीबानी, विश्‍वास, मूल्यमान्यता लगायत अन्य कुराहरू अरू समूहको भन्दा उच्च छ जस्तो लाग्छ।” आफूमा यस्तो गलत सोचाइ विकास हुन नदिन के गर्न सक्छौँ?

बाइबल सिद्धान्त

“नम्र भएर अरूलाई आफूभन्दा श्रेष्ठ ठान।”—फिलिप्पी २:३.

यसबाट के सिक्न सक्छौँ? घमण्ड विकास हुन नदिन हामीले यसको ठीक विपरीत गुण अर्थात्‌ नम्रता विकास गर्नुपर्छ। हामी नम्र छौँ भने अरू मानिसहरू कुनै-कुनै पक्षमा हामीभन्दा असल छन्‌ भनेर बुझ्न सक्नेछौँ। सबै असल गुण र क्षमता भएको कुनै समूह छैन।

स्टिफनको उदाहरण विचार गर्नुहोस्‌। तिनी कम्युनिस्ट शासन भएको देशमा हुर्किएका थिए। तर तिनले कम्युनिस्ट शासन नभएको देशका मानिसहरूप्रतिको पूर्वाग्रही सोचाइ हटाए। तिनी यसो भन्छन्‌: “मेरो विचारमा पूर्वाग्रही सोचाइविरूद्ध लड्‌न अरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍नु आवश्‍यक छ। मलाई सबै कुराहरू थाह छैन, त्यसैले हरेक मानिसबाट केही न केही सिक्न सक्छु।”

तपाईँ के गर्न सक्नुहुन्छ?

व्यावहारिक हुनुहोस्‌ र आफूबाट पनि गल्ती हुन सक्छ भन्‍ने कुरा स्विकार्नुहोस्‌। कुनै-कुनै काम तपाईँले भन्दा अरूले अझ राम्रोसित गर्न सक्छन्‌ भन्‍ने कुरा मानिलिनुहोस्‌। कुनै एउटा समूहका सबै मानिसहरूको एउटै कमीकमजोरी हुन्छ भन्‍ने नसोच्नुहोस्‌।

कुनै एउटा समूहका मानिसहरूबारे नकारात्मक कुराहरू मात्रै सोच्नुको साटो आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌:

कुनै-कुनै काम तपाईँले भन्दा अरूले अझ राम्रोसित गर्न सक्छन्‌ भन्‍ने कुरा मानिलिनुहोस्‌

  • ‘मलाई उक्‍त मानिसमा मन नपरेको गुण वास्तवमै खराब हो कि फरक मात्र हो?’

  • ‘के उक्‍त व्यक्‍तिले ममा कुनै कमीकमजोरी भेट्टाउन सक्छन्‌?’

  • ‘कुन-कुन क्षेत्रमा उक्‍त व्यक्‍ति मभन्दा क्षमतावान्‌ छन्‌?’

इमानदार भई यस्ता प्रश्‍नहरूको जवाफ दिनुभयो भने पूर्वाग्रही सोचाइ हटाउन मात्र होइन बरु उक्‍त व्यक्‍तिमा कदर गर्न लायकको केही भेट्टाउन पनि सक्नुहुन्छ।

सत्य घटना: नेलसन (अमेरिका)

“म हुर्किएको ठाउँको धेरैजसो मानिसहरू एउटै जात र पृष्ठभूमिका थिए। उन्‍नाइस वर्षको हुँदा म एउटा ठूलो सहरमा फ्याक्ट्रीमा काम गर्न बसाइँ सरेँ। त्यहाँ म फरक-फरक जात, पृष्ठभूमि र संस्कृतिका मानिसहरूसितै बस्नुपऱ्‍यो अनि काम गर्नुपऱ्‍यो।

“आफ्ना सहकर्मीहरूलाई चिन्दै जाँदा र तिनीहरूलाई साथी बनाउँदा मैले छालाको रङ्‌ग, मातृभाषा र राष्ट्रबाट मानिसहरू कति मेहनती हुन्छन्‌, कति भरोसायोग्य हुन्छन्‌ अनि तिनीहरूको भित्री भावना कस्तो हुन्छ भनेर थाह पाउन सकिँदैन भनेर बुझेँ।

“मैले आफ्नोभन्दा फरक राष्ट्र र जातकी केटीसित विवाह गरेँ। पहिला कहिल्यै नखाएको खानेकुरा खाँदा र बिलकुलै नयाँ किसिमको सङ्‌गीत सुन्दा मैले निकै आनन्द उठाइरहेको छु। सबैसित असल र खराब गुणहरू हुन्छन्‌ भन्‍ने पाठ मैले सिकेको छु। साँच्चै भन्‍नुपर्दा, फरक जात र संस्कृतिका मानिसहरूको असल गुणहरूको कदर गर्दै ती गुणहरू अनुकरण गरेकोले म अझै राम्रो व्यक्‍ति बन्‍न सकेको छु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने