प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g20 सङ्‌ख्या ३ पृ. १४-१५
  • एक मात्र उपाय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक मात्र उपाय
  • ब्यूँझनुहोस्‌!—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा उत्तम सरकार
  • १. उत्तम शिक्षा दिनेछ
  • २. चोट निको पार्नेछ
  • ३. असल शासक दिनेछ
  • ४. एकता छाउनेछ
  • पूर्वाग्रह—के तपाईँमा विकास भएको छ?
    ब्यूँझनुहोस्‌!—२०२०
  • जसरी यहोवा र येशू एकतामा हुनुहुन्छ, त्यसैगरि हामी पनि एकतामा होऔँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • पूर्वाग्रहको अन्त
    ब्यूँझनुहोस्‌!—२००४
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२०
g20 सङ्‌ख्या ३ पृ. १४-१५
विभिन्‍न जात र उमेरका मानिसहरू मुस्कुराउँदै छन्‌।

एक मात्र उपाय

लाखौँ मानिसहरूले यसअघिका लेखहरूमा उल्लिखित सिद्धान्तहरू लागू गरेर आफ्नो मनबाट पूर्वाग्रह जरैसमेत उखेल्न मदत पाएका छन्‌। तर हामीले आफ्नै बलमा मात्र पूर्ण रूपमा पूर्वाग्रह हटाउन भने सक्दैनौँ। त्यसोभए के कुनै उपाय छ?

एउटा उत्तम सरकार

मानव सरकारहरूले आफ्नो जनताको मनबाट पूर्ण रूपमा पूर्वाग्रह हटाउन सकेका छैनन्‌। त्यसोभए के कुनै सरकारले कहिल्यै पूर्वाग्रह हटाउन सक्ला?

पूर्वाग्रह हटाउन कुनै पनि सरकारले निम्न कुराहरू गर्नु आवश्‍यक छ

  1. १. मानिसहरूलाई अरूप्रति राख्ने सोचाइ र भावना परिवर्तन गर्न प्रोत्साहन दिनुपर्छ।

  2. २. पूर्वाग्रहको सिकार भएकाहरूको चोट निको पार्नुपर्छ, जसले गर्दा तिनीहरूले अरूसित निष्पक्ष व्यवहार गर्न सकून्‌।

  3. ३. कुनै पनि किसिमको पूर्वाग्रही सोचाइ नराख्ने नेताहरू हुनुपर्छ।

  4. ४. सबै जातिका मानिसहरूमाझ एकता विकास गर्नुपर्छ।

ईश्‍वरले यस्तो सरकार स्थापना गरिसक्नुभएको छ भनेर बाइबलले हामीलाई विश्‍वस्त बनाउँछ। त्यस सरकारलाई “परमेश्‍वरको राज्य” भनिएको छ।—लुका ४:४३.

त्यस सरकारले के-के गर्नेछ, विचार गर्नुहोस्‌।

१. उत्तम शिक्षा दिनेछ

“मानिसहरूले धार्मिक स्तर [सिक्नेछन्‌]।”—यसैया २६:९.

“साँचो धार्मिकताको कारण सबैतिर शान्ति छाउनेछ। साँचो धार्मिकताको फल सदासर्वदै रहने शान्ति र सुरक्षा हुनेछ।”—यसैया ३२:१७.

यसबाट के सिक्न सक्छौँ? परमेश्‍वरको राज्यले मानिसहरूलाई सही कुरा सिकाउनेछ। मानिसहरूले सही र गलत अनि न्याय र अन्याय छुट्ट्याउन सिकेपछि तिनीहरूले एकअर्काप्रति राख्ने दृष्टिकोण परिवर्तन हुनेछ। सबै जातिका मानिसहरूलाई प्रेम गर्नु नै असल कुरा हो भनेर सबैले बुझ्नेछन्‌।

२. चोट निको पार्नेछ

परमेश्‍वरले “तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ र मृत्यु हुनेछैन अनि शोक, रुवाइ वा पीडा पनि फेरि कहिल्यै हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

यसबाट के सिक्न सक्छौँ? अन्यायको कारण सहनुपरेको सबै चोट परमेश्‍वरको राज्यले निको पारिदिनेछ। विगतमा अन्यायको सिकार भएकाहरूले मनमा रिस पालेर राख्ने कुनै कारण रहनेछैन!

३. असल शासक दिनेछ

“आँखाले देखेको भरमा मात्र तिनले कसैको इन्साफ गर्नेछैनन्‌। अनि कानले सुनेको भरमा कसैलाई सच्याउनेछैनन्‌। तिनले कुनै पक्षपात नगरी गरिबहरूको इन्साफ गर्नेछन्‌। पृथ्वीमा नम्रहरूको भलो होस्‌ भनेर तिनले ठीकसित सच्याउनेछन्‌।”—यसैया ११:३, ४.

यसबाट के सिक्न सक्छौँ? स्वर्गमा स्थापना गरिएको परमेश्‍वरको राज्यको राजा येसु ख्रिष्टले पृथ्वीमाथि पक्षपात नगरी शासन गर्नुहुनेछ। येसुले कुनै पनि मानव सरकारलाई समर्थन गर्नुहुन्‍न अनि संसारभरिका मानिसहरूले आफ्नो धार्मिक स्तर पालन गरेको उहाँ सुनिश्‍चित गर्न सक्नुहुन्छ।

४. एकता छाउनेछ

परमेश्‍वरको राज्यले मानिसहरूलाई ‘एउटै सोचाइका हुन, आपसमा प्रेम गर्न, पूर्ण एकतामा रहन अनि एउटै विचार राख्न’ सिकाउँछ।—फिलिप्पी २:२.

यसबाट के सिक्न सक्छौँ? परमेश्‍वरको राज्यका प्रजाहरूमाझ हुने एकता देखावटी मात्र हुनेछैन। बरु एकअर्कालाई साँचो प्रेम गर्ने भएकोले तिनीहरू “पूर्ण एकतामा” रहनेछन्‌।

के यो सरकार वास्तविक हो भनेर विश्‍वास गर्न सकिन्छ?

सकिन्छ, तर त्यसको लागि प्रमाणहरू केलाउनुपर्छ। हामी तपाईँलाई तीन वटा तरिकामा यसो गर्न निम्तो दिन्छौँ:

  • परमेश्‍वरको राज्यले बाइबलमा गरिएका प्रतिज्ञाहरू चाँडै पूरा गर्नेछ भनेर कस्ता प्रमाणहरू छन्‌, त्यसबारे कुनै एक जना यहोवाको साक्षीलाई सोध्नुहोस्‌।

  • jw.org/ne मा बाइबलको शिक्षा > बाइबलसम्बन्धी प्रश्‍नहरूको जवाफ > परमेश्‍वरको राज्य अन्तर्गत हेर्नुहोस्‌।

  • यहोवाका साक्षीहरूको सभामा उपस्थित हुनुहोस्‌ अनि साँचो प्रेम र एकता अनुभव गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने