प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • pr भाग ४ पृ. १६-१९
  • मसीहीजगत्‌ले परमेश्‍वर र बाइबललाई धोका दिएका छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मसीहीजगत्‌ले परमेश्‍वर र बाइबललाई धोका दिएका छन्‌
  • जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल निराधारित सिद्धान्तहरू
  • अईश्‍वरीय कार्यहरू
  • मसीही होइन
  • “अधर्मको मानिसको” विरूद्धमा परमेश्‍वरको न्याय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • झूटा शिक्षकहरूको विरुद्धमा यहोवाको न्यायदण्ड
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • १६क के यरुसलेमले चर्चजगत्‌लाई चित्रण गर्छ?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • सांसारिक धर्म किन अन्त हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
pr भाग ४ पृ. १६-१९

४

मसीहीजगत्‌ले परमेश्‍वर र बाइबललाई धोका दिएका छन्‌

१, २. केही मानिसहरूको मनमा किन बाइबलप्रति आदर छैन, तर बाइबलले के भन्छ?

१ बाइबलको अनुसरण गर्छु भनी दाबी गर्नेहरूको दुश्‍चरित्र देखेर संसारका थुप्रै मानिसहरूले बाइबललाई छिः छिः -दूरदूर गरेका छन्‌। केही मुलुकहरूमा बाइबललाई युद्ध गराउने पुस्तक, गोराजातिको पुस्तक र उपनिवेशवाद समर्थकसमेत भनिएको छ। तर यी सबै गलत धारणाहरू हुन्‌।

२ मसीही धर्मको नाउँमा लामो समयदेखि गरिंदै आएका उपनिवेशीय युद्धहरू र स्वार्थ सिद्धिका लागि गरिएको शोषणलाई मध्यपूर्वमा लेखिएको बाइबलले समर्थन गर्दैन। यसको विपरीत तपाईंले बाइबल पढ्‌नुभयो र येशूले सिकाउनुभएको साँचो मसीही धर्मका शिक्षाहरू सिक्नुभयो भने युद्ध, अनैतिकता तथा अरूको शोषणजस्ता कुराहरूलाई बाइबलले घोर निन्दा गरेको पाउनुहुनेछ। दोष, स्वार्थी मानिसहरूको हो, बाइबलको होइन। (१ कोरिन्थी १३:१-६; याकूब ४:१-३; ५:१-६; १ यूहन्‍ना ४:७, ८) त्यसकारण बाइबलको असल सल्लाह विपरीत चल्ने स्वार्थी मानिसहरूको दुराचरणले तपाईंलाई त्यसको अपार धनको फाइदा उठाउनदेखि वञ्चित नगरोस्‌।

३. इतिहासका तथ्यहरूले मसीहीजगत्‌को कस्तो रूप देखाउँछ?

३ बाइबलको सल्लाहअनुसार चल्न इन्कार गर्नेहरूमा मसीहीजगत्‌का मानिस तथा राष्ट्रहरू पनि समावेश छन्‌। “मसीहीजगत्‌” भन्‍ने शब्दलाई मसीही धर्म भएको क्षेत्रहरू भनी परिभाषित गरिएको छ। समष्टिगत रूपमा हेर्ने हो भने सा. यु. चौथो शताब्दीतिर निकै ख्याति पाएका पश्‍चिमी मुलुक र त्यसका चर्च प्रणालीलाई त्यस क्षेत्रको रूपमा लिन सकिन्छ। शताब्दीयौंदेखि मसीहीजगत्‌ले बाइबललाई आफ्नो हातमा लिएका छन्‌ अनि त्यसका पादरीहरूले आफू परमेश्‍वरको प्रतिनिधि भएको र बाइबल सिकाउँदै आएको दाबी गरेका छन्‌। तर के मसीहीजगत्‌का पादरीहरू तथा मिसनरीहरूले सत्य सिकाउँछन्‌ त? के तिनीहरूको कामले साँच्चै नै परमेश्‍वर र बाइबलको प्रतिनिधित्व गर्छ? के मसीहीजगत्‌मा साँच्चै नै मसीही धर्म छ? उत्तर नकारात्मक छ। चौथो शताब्दीतिर अग्रपङ्‌क्‍तिमा आएदेखि मसीहीजगत्‌ परमेश्‍वर तथा बाइबलको शत्रु प्रमाणित भएको छ। हो, मसीहीजगत्‌ले परमेश्‍वर तथा बाइबललाई धोका दिएको छ भनी इतिहास साक्षी छ।

बाइबल निराधारित सिद्धान्तहरू

४, ५. बाइबलमा नभएका कस्ता सिद्धान्तहरू चर्चहरूले सिकाउँछन्‌?

४ मसीहीजगत्‌का आधारभूत सिद्धान्तहरू बाइबलमा नभई युनान, मिश्र, बेबिलोन र अन्य ठाउँहरूका प्राचीन किंवदन्तीहरूमा आधारित छन्‌। मानव आत्माको अन्तर्निहित अमरत्व, नरककुण्डको अनन्तकालीन शासना, पापमोचन स्थान र त्रिएक (एउटै परमेश्‍वरमा निहित तीन व्यक्‍ति) जस्ता शिक्षाहरू बाइबलमा पाइँदैन।

५ उदाहरणको लागि, दुष्ट मानिसहरूलाई सदाकाल नरककुण्डको आगोमा सताइन्छ भन्‍ने शिक्षालाई लिनुहोस्‌। तपाईंलाई यो धारणा कस्तो लाग्छ? धेरैलाई अतार्किक लाग्छ। परमेश्‍वरले मानिसहरूलाई असह्‍य पीडा दिनुभएर सधैं सताउनुहुन्छ भन्‍ने कुरा तिनीहरूलाई अव्यावहारिक लाग्छ। यस्तो क्रूर धारणा बाइबलको परमेश्‍वरको सोचाइ विपरीत छ किनभने “परमेश्‍वर प्रेम हुनुहुन्छ।” (१ यूहन्‍ना ४:८) त्यस्तो शिक्षा सर्वशक्‍तिमान्‌ परमेश्‍वरको ‘मनमा समेत कहिल्यै उब्जेको थिएन’ भनेर बाइबलले प्रष्ट्याउँछ।—यर्मिया ७:३१; १९:५; ३२:३५.

६. आत्माको अमरत्व शिक्षालाई बाइबलले कसरी खण्डन गर्छ?

६ मानिसको आत्मा अमर हुन्छ र मृत्युपश्‍चात्‌ स्वर्ग या नरक जान्छ भनेर मसीहीजगत्‌का चर्चहरूलगायत आज थुप्रै धर्महरूले सिकाउँछन्‌। तर यो बाइबलको शिक्षा होइन। यसको विपरीत बाइबलले स्पष्टसित यसो भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। . . . किनभने मृत्युमा [चिहान] जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्‍ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) साथै मृत्युपश्‍चात्‌ मानिस “माटैमा मिलिहाल्छ र त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌” भनेर भजनरचयिता बताउँछन्‌।—भजनसंग्रह १४६:४.

७. परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे वापत आदम र हव्वाले पाएको दण्ड के थियो?

७ स्मरण रहोस्‌, आदम र हव्वाले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गर्दा तिनीहरूलाई दिइएको दण्ड अमरत्व थिएन। त्यसो गर्नु दण्ड नभई इनाम हुने थियो! बरु तिनीहरू ‘माटोमा फर्किजानेछन्‌’ भनेर तिनीहरूलाई भनियो किनकि ‘माटैबाट तिनीहरू निकालिएका थिए।’ आदमलाई अझ स्पष्टसाथ उहाँले यसो भन्‍नुभयो: “तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) तसर्थ, आत्माको अन्तर्निहित अमरत्वको शिक्षा बाइबल आधारित शिक्षा नभई पूर्ववर्ती गैर-मसीही मानिसहरूबाट मसीहीजगत्‌ले पैंचो लिएको शिक्षा हो।

८. मसीहीजगत्‌को त्रिएक सिद्धान्तलाई बाइबलले कसरी खण्डन गर्छ?

८ यसको साथै मसीहीजगत्‌को त्रिएक सिद्धान्तले परमेश्‍वरलाई एकभित्र तीन व्यक्‍ति समाहित रहस्यमय परमेश्‍वरको रूपमा चित्रण गर्छ। तर यो शिक्षा पनि बाइबलमा पाइँदैन। उदाहरणको लागि, यशैया ४०:२५ मा परमेश्‍वरले स्पष्टसित यसो भन्‍नुहुन्छ: “म को समान छु? तिमीहरू मलाई कोसित तुलना गर्छौ?” उत्तर प्रष्ट छ: कोही पनि उहाँको बराबरी हुन सक्दैन। यसका साथै भजन ८३:१८ ले पनि सोझै यसो भन्छ: “तपाईं जसको नाउँ [यहोवा] हो, तपाईं [ मात्र] सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—यशैया ४५:५; ४६:९; यूहन्‍ना ५:१९; ६:३८; ७:१६ पनि हेर्नुहोस्‌।

९. बाइबलका शिक्षाहरू र मसीहीजगत्‌का चर्चहरूका शिक्षाबारे हामी के भन्‍न सक्छौं?

९ परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे बाइबलले दिने शिक्षाहरू स्पष्ट, बुझ्न सजिलो अनि व्यावहारिक छन्‌। तर मसीहीजगत्‌का चर्चहरूले दिने शिक्षाहरू त्यस्ता छैनन्‌। सबैभन्दा खराब कुरा, ती शिक्षाहरू बाइबल विपरीत छन्‌।

अईश्‍वरीय कार्यहरू

१०, ११. मसीहीजगत्‌का चर्चहरूले गरिरहेका कामहरू कसरी बाइबलका शिक्षाहरूभन्दा विपरीत छन्‌?

१० झूटा सिद्धान्तहरू सिकाएर मात्रै होइन आफ्नो कामहरूद्वारा पनि मसीहीजगत्‌ले परमेश्‍वर तथा बाइबललाई धोका दिएको छ। पादरी तथा चर्चहरूले बितेका समयमा र हाल गर्दै आएका कामहरू बाइबलको परमेश्‍वरको इच्छा अनि मसीही धर्मको संस्थापक येशू ख्रीष्टको शिक्षा र जीवन शैली विपरीत छन्‌।

११ उदाहरणका लागि, येशूले आफ्ना अनुयायीहरूलाई सांसारिक राजनीतिमा हात नहाल्नू र त्यसका युद्धहरूमा नमुछिनू भनी सिकाउनुभयो। शान्तप्रिय हुनु, कानुन पालक हुनु, कुनै पूर्वाग्रह नराखी आफ्ना सहमानवहरूलाई प्रेम गर्नु र अरूको प्राण लिने होइन बरु आफ्नै प्राणसमेत अर्पण गर्न तयार हुनु भनेर पनि उहाँले तिनीहरूलाई सिकाउनुभयो।—यूहन्‍ना १५:१३; प्रेरित १०:३४, ३५; १ यूहन्‍ना ४:२०, २१.

१२. कुन कुराले साँचो मसीहीहरूको परिचय दिनेछ भनेर येशूले भन्‍नुभयो?

१२ निस्सन्देह, अरू मानिसहरूप्रतिको प्रेमले नै साँचो मसीहीहरू र झूटा मसीही वा ढोङ्‌गीहरूबीचको भिन्‍नता छुट्टयाउनेछ भनेर येशूले शिक्षा दिनुभयो। आफ्नो अनुयायी हुनेहरूलाई उहाँले यसो भन्‍नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३४, ३५; १५:१२.

१३, १४. मसीहीजगत्‌का चर्चहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्दैन भनेर कुन कुराले देखाउँछ?

१३ यद्यपि, शताब्दीयौंपछि मसीहीजगत्‌ले राजनीतिमा हात हाल्दै आएको छ र आफ्नो देशका युद्धहरूलाई समर्थन गरेको छ। मसीहीजगत्‌मा लडिएका युद्धहरूमा विरोधी पक्षलाई समेत तिनीहरूले समर्थन गरेका छन्‌। उदाहरणस्वरूप हामी यस शताब्दीका दुई विश्‍वयुद्धहरूलाई लिन सक्छौं। यी युद्धहरूमा दुवै पक्षका पादरीहरूले विजयको लागि प्रार्थना गरे, दुवै देशका एउटै धर्म मान्‍नेहरूले एक-अर्कालाई मारे। परमेश्‍वरको सन्तानले नभई शैतानको सन्तानले मात्र त्यस्तो कार्य गर्छ भनेर बाइबलले हामीलाई बताउँछ। (१ यूहन्‍ना ३:१०-१२, १५) तसर्थ, पादरीहरू र त्यसका अनुयायीहरूले आफू मसीही भएको दाबी त गरेका छन्‌ तर तिनीहरूको काम भने येशूको शिक्षासँग मेल खाँदैन। किनभने येशूले आफ्ना अनुयायीहरूलाई ‘तरवार त्यसकै ठाउँमा राख्ने’ आज्ञा दिनुभएको थियो।—मत्ती २६:५१, ५२.

१४ साम्राज्यवादको युगमा राष्ट्रहरूले अरू मानिसहरूमाथि चढाइ गर्दा, दास बनाउँदा र तिनीहरूको मानभङ्‌ग गर्दा मसीहीजगत्‌ले ती राष्ट्रहरूको राजनैतिक शक्‍तिलाई सहयोग गरे। शताब्दीयौंसम्म अफ्रिकामा त्यस्तै भयो। अफिम युद्ध अनि बक्सर विद्रोहको दौडान पश्‍चिमी मुलुकहरूले शक्‍ति प्रयोगद्वारा प्रभाव जमाउन खोज्दा चीनले पनि त्यसको सामना गर्नुपऱ्‍यो।

१५. मसीहीजगत्‌ले कस्तो दुष्ट्याइँको प्रवर्तन गरेको छ?

१५ इतिहासमा अन्धकार युग भनी नाम कमाएका शताब्दीहरूको दौडान आफ्ना विरोधीहरूलाई सताउने, यातना दिने र हत्या गर्नेजस्ता कुराहरूमा पनि मसीहीजगत्‌ अग्रपङ्‌क्‍तिमा थियो। सयौं वर्षसम्म चलेको इन्क्वीजिसनको दौडान त्यसले इमानदार, भद्र मानिसहरूको विरुद्ध यातना, हत्याजस्ता क्रूर प्रथा चलायो र त्यसको समर्थन गऱ्‍यो। यसका प्रवर्तक ती पादरीहरू र त्यसका अनुयायीहरू थिए, जो आफूलाई मसीही भनी दाबी गर्थे। सर्वसाधारणले पढ्‌न नपाऊन्‌ भनेर तिनीहरूले बाइबललाई समेत नामेट पार्न खोजे।

मसीही होइन

१६, १७. चर्चहरू मसीही होइनन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

१६ हो, मसीहीजगत्‌का राष्ट्र तथा चर्चहरू मसीही थिएनन्‌ न अहिले नै हुन्‌। तिनीहरू परमेश्‍वरका सेवकहरू होइनन्‌। तिनीहरूको विषयमा उहाँको प्रेरित वचनले यसो भन्छ: “तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्‌ भनी तिनीहरू भनी टोपल्छन्‌, तर तिनीहरू घृणित, अट्टेरी र कुनै बढ़िया कामको लायक नभएका हुनाले आफ्ना कामबाट भने उहाँलाई इन्कार गर्छन्‌।”—तितस १:१६.

१७ झूटो धर्म त्यसको उपज वा फलबाटै चिन्‍न सकिन्छ भनेर येशूले भन्‍नुभयो। उहाँले भन्‍नुभयो: “झूटा अगमवक्‍ताहरूदेखि होशियार रह, जो तिमीहरूकहाँ भेड़ाका भेषमा आउँछन्‌, तर भित्रपट्टि चाहिं लुटाहा ब्वाँसाहरू जस्ता हुन्छन्‌। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। . . . हरेक असल रूखले बढ़िया फल फलाउँछ। तर बिग्रेको रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउनसक्‍तैन, नता बिग्रेको रूखले असल फल फलाउनसक्‍तछ। बढ़िया फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसकारण तिनीहरूका फलबाटनै तिमीहरूले तिनीहरूलाई [झूटा अगमवक्‍ताहरू] चिन्‍नेछौ।”—मत्ती ७:१५-२०.

१८. मसीहीजगत्‌को शिक्षा र कर्तुतको के नतिजा भएको छ?

१८ तसर्थ, मसीहीजगत्‌ले आफूलाई ईश्‍वरभीरु मसीही हुँ र बाइबलमाथि विश्‍वास गर्छु भनी गरेको दाबी केवल झूट हो भन्‍ने कुरा तिनीहरूको शिक्षा अनि कर्तुतले देखाइसकेको छ। तिनीहरूले परमेश्‍वर तथा बाइबललाई धोका दिएका छन्‌। यस्तो व्यवहारले लाखौं मानिसहरूको मनमा तिनीहरूले घृणा भरिदिएका छन्‌ र सर्वोच्चमाथिको विश्‍वास मोडिदिएका छन्‌।

१९. के मसीहीजगत्‌ले पाएको असफलता नै परमेश्‍वर र बाइबलको असफलता हो?

१९ तथापि, मसीहीजगत्‌का पादरी तथा चर्चहरूका साथै मसीहीजगत्‌ बाहिरका अन्य धर्महरूको असफलता, बाइबलकै असफलता होइन। न त्यो परमेश्‍वरको नै असफलता हो। बरु बाइबलले हामीलाई अस्तित्वमा हुनुहुने सर्वोच्चको विषयमा बताउँछ, जसले हाम्रो अनि हाम्रो भविष्यको चिन्ता गर्नुहुन्छ। सुकर्म गर्न अनि यस पृथ्वीभरि न्याय र शान्ति फैलिएको देख्न चाहने सोझा हृदयका व्यक्‍तिहरूलाई उहाँले कसरी आशिष्‌ दिनुहुन्छ, त्यो त्यसले बताउँछ। उहाँले दुष्टता अनि दुःख किन हुनदिनुहुन्छ र आफ्ना सहमानवको हानि गर्नुका साथै मुखले भने उहाँको सेवा गर्छु भनी दाबी गर्ने तर कामचाहिं नगर्नेहरूलाई उहाँले कसरी यस पृथ्वीबाट हटाउनुहुन्छ, त्यो पनि त्यसले प्रस्ट्याउँछ।

[पृष्ठ १७-मा भएको चित्र]

दाँतेको “इन्फर्नो”

Doré’s illustration of Barrators—Giampolo for Dante’s Divine Comedy

[पृष्ठ १७-मा भएको चित्र]

हिन्दू त्रिएक

Courtesy of The British Museum

[पृष्ठ १७-मा भएको चित्र]

मसीहीजगत्‌को त्रिएक

[पृष्ठ १७-मा भएको चित्र]

मिश्री त्रिएक

Museo Egizio, Turin

[पृष्ठ १८-मा भएको चित्र]

येशूको शिक्षा विपरीत, दुवै पक्षका पादरीहरूले युद्धलाई समर्थन गरेका छन्‌

U.S. Army photo

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने