प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 २/१ पृ. ३
  • एउटा भद्रगोल संसारमा अपराध

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एउटा भद्रगोल संसारमा अपराध
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • मिल्दोजुल्दो सामग्री
  • एउटा भद्रगोल संसारमा अपराधको सामना गर्न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • किन यति धेरै अपराध?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • प्रहरीहरू—तिनीहरूको भविष्य कस्तो छ?
    ब्यूँझनुहोस्‌!—२००२
  • अपराधको अन्त अब नजिक!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 २/१ पृ. ३

एउटा भद्रगोल संसारमा अपराध

अपराध कुनै एउटा आधुनिक वास्तविकता होइन। हजारौं वर्ष अघि कैनले आफ्नो भाइ हाबिलको हत्या गर्दा प्रथम हत्या भएको थियो। प्राचीन हिब्रू शास्त्रहरूमा गुदमैथुन र बलात्कार जस्ता कुराहरूको उल्लेख गरिएका छन्‌। (उत्पत्ति ३:८; १९:४, ५; ३४:१-४) असल सामरी मानिसको उखानबाट हामी थाह पाउँदछौं कि हाम्रो सामान्य युगको प्रथम शताब्दीमा पनि मानिसहरूलाई लुटपिट गरिन्थ्यो। (लूका १०:२९-३७) तर आजकल एउटा भिन्‍नता छ।

न्यु योर्क, लन्डन, कलकत्ता अथवा बोगोटा जस्ता विश्‍वका ठूला-ठूला शहरहरूमा बस्ने धेरै जस्ता मानिसहरूको विचारमा, अपराधले आज पहिले भन्दा धेरै नै व्यापक र खतरनाक रूप लिएको छ। “कल्ट अफ एनार्की” शीर्षक मनि, इन्डिया टुडेको एउटा रिपोर्ट अनुसार: “हिंसा, अवज्ञा, अनुशासनको अवहेलना र अराजकतालाई एउटा धार्मिक सम्प्रदायलाई सरह मान्यता दिएको हुनाकारण, देशलाई एक सुत्रमा बाँधने नैतिक र सामाजिक व्यवहारका नाजुक कड़ीहरूलाई टुक्रा-टुक्रा पार्ने खतरापूर्ण परिस्थित खड़ा भइरहेछ।” अपराधसँग सङ्‌घर्ष गर्दा, कहिले काहीं प्रहरीहरूले पनि कानुनको सीमा नाघ्ने मन गर्छन्‌ र स्वयं अपराधजनक उपायहरू अपनाउँदछन्‌। भारतबाट आएको त्यो रिपोर्टमा भनिएको छ: “प्रहरीहरूको हवालातमा रहँदा मरेका मानिसहरूको खबर समाचारमा आइरहन्छ।” यसै प्रकारको स्थिति अन्य देशहरूमा पनि छ।

अपराधको सिकार हुने सम्भावना बढ़दो छ। संयुक्‍त राष्ट्र अमेरीकाबाट आएको एउटा समाचार अनुसार, “१९८८ मा, प्रत्येक चार अमेरीकी घर-परिवारबाट एउटा घर-परिवारमाथि हिंसा अथवा चोरी जस्तो अपराधको असर परेको थियो।” साथै, मानिसहरूले आज धेरै नै कलिलो उमेर देखिन्‌ हिंसात्मक अपराधहरू गरिरहेका छन्‌। ल्याटिन अमेरिकन पत्रिका विज्यों भन्छ, कि “प्रत्येक १० जना सिकारियोस [पैसा थापेर अरूहरूको हत्या गर्ने हत्याराहरू] मध्येबाट नौ जना, नाबालिगहरू हुन्छन्‌। जीव विद्या अनुसार, [तिनीहरू] ‘बच्चाहरू’ हुन्‌ र तिनीहरू कानुनको संरक्षणमा हुन्छन्‌।” तर फेरि यस प्रकारका नाबालिगहरूले नै हिंसात्मक अपराध विश्‍वभरि गरिरहेकाछन्‌।

करीब २,००० वर्ष अघि, बाइबलमा यस प्रकार अगमवाणी गरिएको थियो: “तर यो जान, आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, . . . अपवित्र, स्वाभाविक प्रेम रहितका, . . . असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी . . . हुनेछन्‌ . . . खराब मानिसहरू र ठगाहरू ठगेर र ठगिएर झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।”—२ तिमोथी ३:१-४, १३.

१९१४ देखिन्‌ त्यही डरलाग्दा आखिरी दिनहरूमा हामी बाँची रहेका छौं भनी प्रशस्त प्रमाणहरू थुप्रिएका छन्‌। दुईवटा विश्‍व-युद्ध र अन्य ठूला-ठूला कलहहरू भोगी सके पछि, संसार धेरै कुरामा शासन गर्नै न सकिने र भद्रगोल भएको छ। जताततै अपराध छ। धेरै शहरी क्षेत्रहरूमा अपराधीहरूले हुकुमत आफ्नो हातमा लिएकाछन्‌ र यसको असर कानुन पालन गर्ने बहुमत मानिसहरूको जीवन शैलीमा परेको छ। संयुक्‍त राष्ट्र अमेरीकाका संसदका एक जना प्रमुख सदस्यले भने झैं: “चिन्ता गर्नु पर्ने अब यतिका धेरै कुराहरू छन्‌ र यी कुराहरूकालागि पहिले कहिले चिन्तै गर्नु पर्दैन थियो। कहिले काहीं, हामी स्वयं कैदी हुने डर महसुस गर्दछौं जब कि थुनामा पर्नु पर्नेहरू चाहिं उम्कन्छन्‌।”

फलःस्वरूप, आज मानिसहरूले आफ्नो बचाउका लागि ती कदमहरू चाल्नु परेका छन्‌ जुन २० वा ३० वर्ष अघि अनावश्‍यक थियो। ढोकाहरूमा दुई वा तीनवटा ताल्चाहरूका साथै फलामको प्रयोग गरेर बलियो पारिन्छ। र चोरहरूलाई दिनकालागि आफूसँग केही न भएको हुनाकारण पिटाइ खानु न परोस्‌ भनेर, बाटोमा लुटपिट गर्ने मानिसलाई सन्तोष हुने सम्मको यथेष्ट पैसा लिएर धेरै ठाउँका मानिसहरू हिंड्‌ने गर्छन्‌। घाम डुबे पछि, थुप्रै सड्‌कहरू प्रायः खाली हुन्छन्‌ र त्यहाँ या त केही थाह न भएका सोझा, र मूर्ख वा परिस्थितिबस त्यहाँ जान बाध्य भएकाहरू मात्र देखा पर्दछन्‌—र यिनीहरू नै शहरहरूमा डुल्ने लुटाहाहरूका लागि सजिलो सिकार हुन्छन्‌।

यस भद्रगोल र आतङ्‌कवादी संसारमा अपराधको सिकार हुन देखिन्‌ बाँच्नका लागि हामीले के गर्न सक्छौं? (w05/01/91)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने